पत्रकार लिम्बु मृत भेटिए

१ चैत्र २०६९, बिहीबार १०:३७ मा प्रकाशित

काठमाडौं, १ चैत । यसै साता धरानमा सम्पन्न प्रथम अधिवेशनबाट लिम्बु पत्रकार संघका अध्यक्ष चुनिएका पत्रकार युवराज लिम्बुको निधन भएको छ । इटहरीस्थित साथीको घरमा सुतेका उनी सुतेकै अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।
संघका पूर्व संयोजक देवेन्द्र खापुङ र मृतक लिम्बू एउटै कोठामा अलगअलग खाटमा सुतेकामा युवराज मृत भेटिएको घरधनी कृष्णबहादुर राईले प्रहरीलाई जानकारी दिएका थिए । मोरङको इटहरास्थित धाद्रा घर भएका उनी काठमाडौंबाट प्रकाशित हुने गोर्खा साप्ताहिकका कार्यकारी सम्पादक थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मनसुन सक्रिय रहेकाले आवश्यक पूर्वतयारी तथा सतर्कता अपनाउन सबै अस्पताललाई निर्देशन दिएको छ ।

काठमाडौँ । दैनिक उपभोग्य तरकारी र फलफूलमा पनि हानिकारक विषादीको प्रयोग भएको पाइएको छ । खाद्य, प्रविधि तथा गुण नियन्त्रण