प्रधानन्यायाधीश रेग्मीले चुनावी सरकारको अध्यक्षका रुपमा सपथ लिए

१ चैत्र २०६९, बिहीबार ०९:४२ मा प्रकाशित

काठमाडौं, १ चैत । शितल निवासबाहिर प्रदर्शनकारीहरुको चर्को बिरोध प्रदर्शनकाबीच सपथ ग्रहण समारोह सम्पन्न भएको छ । राष्ट्रपतिबाट चुनावी मन्त्रिपरिषद्को अध्यक्षका रुपमा प्रधानन्यायाधीश खिलराज रेग्मीले सपथ ग्रहण गरेका छन् । शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामवरण यादवले रेग्मीलाई सपथ गराएलगत्तै चुनावी सरकारका अध्यक्ष रेग्मीले पूर्व मुख्यसचिव माधवप्रसाद घिमिरेलाई गृह र परराष्ट्रमन्त्री र  हरिप्रसाद न्यौपानेलाई कानुन, न्याय, संसदीय व्यवस्था, संविधान सभा तथा श्रम तथा रोजगार मन्त्रीका रुपमा सपथ ग्रहण गराएका छन् ।
प्रमुख राजनीतिक दलहरुबीच बुधबार राति अन्तरिम निर्वाचन परिषद् गठन गर्नेसहितका ११ बुँदे सहमतिमा हस्ताक्षर भएपछि नयाँ सरकार गठनको बाटो खुलेको थियो ।
प्रधानन्यायाधीशलाई चुनावी सरकारको नेतृत्व दिन लागिएको विरोधमा प्रदर्शनमा उत्रेका नेकपा(माओवादी समेत २२ दलले शितल निवास बाहिर नारावाजी गर्दैछन् । माओवादीका उपाध्यक्ष सीपी गजुरेल र महासचिव रामबहादुर थापाको नेतृत्वमा भएको बिरोध प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार