मुलुक निर्वाचनको दिशामा गएको नेताहरुको दाबी, संविधानसभा सदस्य संख्या ४ सय ९१ हुने

१ चैत्र २०६९, बिहीबार ०९:२६ मा प्रकाशित

काठमाडौं, १ चैत । प्रधानन्यायाधीशको अध्यक्षतामा चुनावी सरकार गठनको सहमतिमा पुगेका दलहरुले अबको संविधानसभा व्यवस्थापिका संसद् ४ सय ९१ सदस्यीय बनाउने निर्णय गरेका छन् । पहिलेको सदस्य संख्या ६ सय १ बाट घटाएर ४ सय ९१ सदस्यीय संविधानसभारसंसद् बनाउने निर्णय गरिएको हो, जसमा प्रत्यक्ष २ सय ४०, समानुपातिक २ सय ४० र मन्त्रिपरिषद्बाट मनोनीत ११ चयन हुने र निर्वाचन क्षेत्र भने २ सय ४० नै हुने सहमति भएको छ ।
संविधानसभाले संविधान निर्माण नभएसम्म सविधानसभा र व्यवस्थापिका संसद् दुवै हैसियतको काम गर्ने र यसको समयावधि अब बन्ने संविधानबमोजिम हुने सहमतिमा उल्लेख गरिएको छ । निर्वाचनका लागि २०६४ सालको संविधानसभाको निर्वाचन मतदाता नामावलीलाई आधार मानी अध्यावधिक गर्ने निर्णय दलहरूले गरेका छन् भने संविधानसभा निर्वाचनसँगै स्थानीय चुनाव संविधानसभा निर्वाचनपछि बन्ने सरकारले गर्ने सहमति पनि दलहरुले गरेका छन् ।
यसैगरी, नेपाली सेनामा समायोजन भएका माओवादीका पूर्वलडाकुमध्येबाट एकजनालाई कर्णेल र अन्य दुईलाई लेफटनेन्ट कर्णेल दिने निर्णय भएको बताइएको छ । यो विषयमा दलहरूबीच भएको सहमतिमाचाहिँ विशेष समितिको निर्णयका आधारमा गर्ने भन्ने उल्लेख गरिएको थियो ।
द्वन्द्वकालमा कब्जा घरजग्गालगायत सम्पत्ति हकवालालाई तुरुन्त फिर्ता गर्न एमाओवादीले पूर्णरूपमा सहयोग गर्ने सहमतिमा उल्लेख छ । सहमतिपछि अवरोधका्े बाटो खुलेको र मुलुक चुनावमा गएको नेताहरूले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै निरुपण गर्ने भएको छ । यसका लागि सम्बन्धीत

काठमाडौं । संयुक्त राष्ट्रसंघको विकास नीतिसम्बन्धी समितिले नेपाललाई अति कम विकसित राष्ट्रबाट स्तरोन्नति गर्न सिफारिस गरेको छ । फागुन १०

‘प्रथम छहरे (लिखु) महोत्सवको उद्घाटन समारोहमा हेलिकोप्टर मार्फत पुष्पगुञ्जा अर्पण गरिंदै । महोत्सव आगामी २२ गतेसम्म चल्ने आयोजक लिखु गाउँपालिकाले

नेपाल फ्रान्स कुटनीतिक सम्बन्ध स्थापनाको ७०औ वर्षगाँठको उपलक्ष्यमा प्रकाशित स्मारिका “कर्म” को नेपालस्थित फ्रान्सेली राजदूत फ्रन्स्वा जाभिए लेजेर पेरिसस्थित नेपाली