नयाँ पोप बने अर्जेन्टिनाका बैरगोगलियो

१ चैत्र २०६९, बिहीबार ०९:०२ मा प्रकाशित

एजेन्सी, अर्जेन्टिनाका कार्डिनल खोर्खे मारियो बैरगोगलियो नयाँ पोप चुनिएका छन् । गैरयुरोपिय पहिलो पोपको इतिहाससमेत बनाएका ७६ वर्षिय उनी ल्याटिन अमेरिकी हुन् । पोप चुनिएपछि अब उनी पोप फ्रान्सि प्रथम भनेर चिनिने छन् । २६६औँ नयाँ पोपले लगभग सवा अर्ब कैथोलिक इसाईहरुको नेतृत्व गर्नेछन् ।
गत महिना पोप बेनेडिक्ट सोह्रौँले आफ्नो बिग्रँदो स्वास्थ्यलाई कारण देखाएर पोप पद परित्याग गरेपछि नयाँ पोप चुन्ने प्रक्रिया सुरु भएको थियो । क्याथोलिक चर्च बाल यौनशोषण तथा भेटिकनमा भ्रष्टाचारजस्ता कथित आरोपको चर्चा चलिरहेको परिस्थितिबीच बेनेडिक्टले पोप पद छोडेका हुन् ।
आफ्नो मुलुकबाट पोप छानिएको खुशीमा यतिबेला अर्जेन्टिनामा मानिसहरुले उत्सव मनाइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार