पश्चिम सेती निर्माणमा अवरोध नगर्ने गरी कमजोरी सच्याएर अगाडि बढ्न निर्देशन

१९ चैत्र २०६८, आईतवार १७:२१ मा प्रकाशित

काठमाडौ, १९ चैत । प्राकृतिक स्रोत साधन समितिले पश्चिम सेती जलविद्युत आयोजना निर्माणमा कुनै अवरोध नहुने गरी सम्झौतामा भएका कमजोरी सच्याएर अगाडि बढ्न सरकारलाई निर्देशन दिएको छ ।
समितिको आज बसेको बैठकले उपसमितिले दिएको प्रतिवेदनको आधारमा पश्चिम सेती  निर्माणकोलागी उर्जामन्त्रालय र चाईना थ्रिगोर्जेज ईन्टरनेशनलवीच भएको सहमति अनुसार सन् २०१९को समय सिमा नकाट्ने गरी परियोजना निर्माणको पूर्ण सुनिश्चित गर्न सुझाव दिएको समिति सदस्य राप्रपा नेपालका संसदीय दलका नेता चन्द्रबहादुर गुरुङले जानकारी दिए ।
उनले नेपालमा उर्जाको आवश्यकता पुरा गर्न, चिनसँगको सम्बन्धलाई अझै मजबुद बनाउन बैठक सफल भएको भन्दै यो निर्णय नेपालको आर्थिक विकासको ढोका खोल्न सफल भएको बताए ।
छानविन उपसमितिका सदस्य समेत रहेका चुरेभावर राष्ट्रिय एकता पार्टीका सदस्य परियोजना मुलुकको आवश्यकता भएकोले त्यसलाई ख्यालगरी कार्यदलले आयोजना बन्ने गरी अध्ययन गरेको जानकारी दिदै अब पश्चिम सेती जलविद्युत आयोजना बन्ने विश्वास ब्यक्त गरे ।
त्यसैगरी उर्जा विकासकोलागी भएको समझदारी पत्र लगानी बोर्डको क्षेत्राधिकार भित्र ल्याई समझदारीपत्रमा आवश्यक परिमार्जन गरी लगानी बोर्ड ऐनको क्षेत्रभित्र रही प्राथमिकताका साथ प्रक्रिया अगाडि बढाउन पनि समितिले भनेको छ ।
त्यसरीनै आयोजना तत्काल निर्माण गर्नु पर्ने सुदुरपश्चिमेली जनताको आकांक्षा, राष्ट्रिय आवश्यकता,बैदेशिक लगानी भित्राउनु पर्ने आवश्यकता र चिनसँगको सम्बन्धलाई ख्यालमा राख्दै निर्माण प्रक्रियालाई उच्च प्राथमिकता दिएर अगाडि बढाउन सरकारलाई बैठकले निर्देशन दिएको छ । बैठकले सरकारलाई आयोजना निर्माणका सम्बन्धमा तेह्र वटा सुझाव दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,८८६ पीसीआर

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका

काठमाडौं । सरकारले विभिन्न देशबाट कोरोनाविरुद्धको खोप आयातलाई तिब्रता दिएको छ । तर सरकारले खोप अभियानलाई व्यवस्थित गर्न नसक्दा नागरिक

काठमाडौं । नेपालले अमेरिकासँग कोरोनाविरुद्धको थप खोप सहायताका निम्ति अनुरोध गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त राज्य अमेरिकाका विदेशमन्त्री