नेपालीको हत्या गर्ने जापानीलाई १९ वर्ष कैद

१ चैत्र २०६९, बिहीबार ०७:४५ मा प्रकाशित

जापान । जापानमा नेपालीको हत्या गर्ने एक जापानीलाई त्यहाँको अदालतले १९ वर्ष जेल सजाय सुनाएको छ । नेपाली नागरिक ४२ वर्षीय विष्णुप्रसाद धमलालाको हत्याको आरोपमा जापानी नागरिक हिरोकी सिराहिसी र उनका महिला साथी मियोको सिराइसीलाई जापानको राजधानी टोकियोस्थित अदालतले सो सजाय सुनाएको हो ।

उनलाई सघाउने एकजना केटी साथीलाई पनि सो अदालतले नौ बर्ष जेल सजाय सुनाएको जापानी समाचार समिति क्योदोले जनाएको छ ।

अदालतले हिरोकीलाई १९ वर्ष र मियोकोलाई नौ वर्ष जेल सजाय सुनाएको छ । ती दुई जना रक्सीले मातेका थिए र बाटोमा हिँडीरहेका नेपाली नागरि विष्णुप्रसादलाई बिना कारण कुटपीट गरेका थिए ।

दुवै जनाले विनाकारण बाटोमा हिँडेका ती नेपालीलाई बेहोस हुनेगरी कुटेर सडकमै छोडेका थिए । पछि बाटोमा राखिएको सिसी टिभीको माध्यमबाट ती व्यक्तिको पहिचान भएको थियो ।

सोही कुटपीटका कारण उनको ज्यान गएको प्रमाणित भएको छ । पिटाइबाट अचेत भएका ती व्यक्ति सडकमा लडेपछि पनि उनीहरुले कुटीरहेको दृश्य सो टिभीमा देखाइएको छ ।

उनलाई पिट्ने कुनै कारण नै नरहेको र मजाकका लागि उनीहरुले ती नेपालीलाई पिटेको प्रहरी अनुसन्धानबाट खुलेको समाचारमा जनाइएको छ ।

यस फैसलाबाट जापानमा विधिको शासन कायम रहेको त्यहाँ रहेका एक नेपालीले प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

न्यूयोर्क । न्युयोर्क राज्य संसदमा नेपाली मूलकी सराहना श्रेष्ठले उम्मेदवारी घोषणा गरेकी छिन् । सराहनाले न्युयोर्क राज्य संसदको तल्लो सदनमा

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी