बोष्टनमा अन्तराष्ट्रिय नारी दिवस सम्पन्न

१ चैत्र २०६९, बिहीबार ०७:३९ मा प्रकाशित

यम पौडेल, अमेरिका । अन्तराष्ट्रिय नारी दिवस को ऊपलक्ष्यमा नेपाली महिला आवाज यु.एस.ए तथा नेपाली ओमनस् ग्लोबल नेटवर्क अमेरिकाले गत मार्च ९, शनिवार सँयुक्त रुपमा नारी दिवस मनाए ।

अमेरिका ग्रेटरबोष्टनको क्याम्ब्रीज स्थित नेपाली चर्च को सभा हलमा आयोजित नारी दिवसमा धेरै नेपाली महिला तथा केही नेपाली पुरुष सहभागी थिए । सामुहिक नेपाली राष्ट्रीय गित बाट शुरु गरिएको कार्यक्रममा महिला माथिको हिँसा, शोषण, अन्याय, अत्याचार, असमानता, डोमेष्टिक भ्वाईलेन्स, अन्तराष्ट्रीय महिला आन्दोलन र महिला मुक्तिको बिगतलाई केलाऊने काम भयो ।

साथै भावी दिनमा महिला एकता र चुनौती साथै नेपाली महिलाहरु कसरी अगाडी बढने भन्ने बिषयमा महिला पदाधिकारी तथा अधिकार कर्मीले आ-आफ्नो बिचार प्रस्तुत गरे । कार्यक्रममा दुई जना पुरुष हार्डबर्ड बिश्वबिद्दालयका प्रोफेशर डा.शिव गौतम र बोष्टनमा पशुपतिनाथ बुद्द फाऊण्डेशनका अध्यक्ष बिष्णुमणी आचार्यले समेत शुभकामना दिदै नेपाली महिलाको पक्षमा सदा सहयोग गर्नु पर्ने ऊपर जोड दिए ।

डा. ऊषा शर्मा व्दारा सँचालित कार्यक्रममा नेपाली महिला आवाज यु.एस.ए ग्रुपका सँस्थापक हरु मिलन थापा पौडेल,देवी ओली,बिष्णुमाया परियार, भारती गौतम,रुक्मणी कार्की,डा. ऊषा शर्मा, डा.मिना सिँखडका, को परिचय गराइयो । लगतै एन डब्लु जि एन को ऊपाध्यक्ष समेत रहेकी भारती गौतमको स्वागत मन्तब्य तथा ओमनडेका बारे चर्चा, कलाकार ललिता शर्माको ऊत्कृष्ट नृत्य, महिला समस्या तथा डोमेष्टिक भ्वाईलेन्सको बारे बिष्णुमाया परियारको मन्तब्य, कलाकार हरिमाया खतिवडा तथा सागर खतिवडा बाट नेपाली राष्ट्रिय गित, सँगितको रौनक, ओमन डे को बारेमा समरभिल ओमन कमिसन की डाईरेक्टर सेन्जा देराईको मन्तब्य, कबियत्री दिपा राई पुन र गितकार अनु शाह का महिला सम्बन्धि कबिता र रमाईला मुक्तक, तथा तारा कार्की को कबिता समेतले महिला दिवसलाइ सुनमाथी सुगन्ध थपेको थियो ।

कार्यक्रममा नेपाली महिला आवाजका सँस्थापकहरुले बिशेषगरी बोष्टनमा सो सँस्था किन स्थापना गर्नु प-यो । भन्ने बारेमा चर्चा परिचर्चा गरे भने नेपाली महिला बिश्व सँजाल एन डब्लु जि एन अमेरिका की अध्यक्ष रुक्मणी कार्की दारा भाषणले मात्र महिला समस्या समाधान नहुने भएकोले महिलाको बास्तबिक समस्या पहिचान गरी सबै मिली समाधान गर्नुपर्नेमा जोड दिदै अमेरिकामा २००२ देखि स्थापना भै र २००५ देखि सक्रिय भएको ऊद्देश्य तथा यसका कामकुराका बारे प्रकाश पार्ने काम भयो ।

हार्वर्ड बिश्बबिद्दालयमा अध्यापनरत शिक्षाबिद डा.मिना सिँखडकाले कि नोट स्पिकरको रुपमा स्टेजबाट बोल्दै महिला दिवसको नारा “केयरिङ एण्ड शेयरिङ “ लाई नेपाली महिलाहरुले पानी पधेरामा एकआपसमा दुख बिसाऊने ठाऊ जस्तो रुपमा लिनुपर्ने बताऊदै १९९५ को बेईजिङ बिश्व महिला सम्मेलनमा “वमन राईट्स इज ह्युमन राईटस्”अर्थात महिलाको अधिकार नै सम्पुर्ण मानव जातिको अधिकार भनी त्यतिकै घोषणापत्र मा नआएको कुरा स्मरण गर्दै महिला एकता र समानता को बारेमा प्रष्ट्याऊने काम गरिन ।

साथै उनले नेपाली महिलाहरु क्षमतावान हुनुपर्ने ऊपर जोड दिदै हाम्रा” विबशता हरु नै अन्ततोगत्वा बिशेषता हुने गरेको” बास्तबिकता दर्शाऊदै दुखको काम, दुखमा परेका चेलिबेटी र बालबालिकाको लागी काम गर्दै जादा अनुराधा कोइराला र पुष्पा बस्नेत ले एवार्ड पाएको यथार्थता नेपालीले भुल्न नहुने ऊपर जोड दिईन ।

कार्यक्रमको अन्तमा बिशेष ऊपस्थिति रहेका जिबिएनसीका अध्यक्ष मिलन गुरुङ ,नेपाली क्रिष्चियन सोसाईटीका पाष्टर दान बि के ,ओमन फर ह्युमन राईट्स मा काम गरिसकेकी रिता राना, महिला समाजसेवी बिमला थापा,आजाद प्रधान, हजुरी सिँ, जिबिएनसीका सल्लाहकार अच्युत अधिकारी, सुर्य थापा, समाजसेबी प्रेम पौड्याल,समेत दुबै महिला सँस्थाका कार्यकर्ता तथा महिला दिवसको लागी सहयोग गर्ने, सहभागी हुने सबैलाई डा.ऊषा शर्मा ले सम्झि सम्झी धन्यबाद दिएपछी कार्यक्रम सकिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

भियना ।नेपाली साहित्यकार समूहले बिश्वभरका नेपालीभाषी साहित्यकारहरूलाई जोडेर रचना वाचन तथा सरस्वति सम्मान कार्यक्रम सम्पन्न ग-यो। जुम प्रविधिको प्रयोग गरेर

पोर्चुगल । शम्भु सिलवाल छ वर्षयता पोर्चुगलमा हुनुहुन्छ । नेपालमा झ्याइँकुटी झ्याई टेलिशृङ्खलामा घिन्ताङे पात्रसँगै दोहोरी साँझ, भजन, लोकदोहोरी क्षेत्रमा

लन्डन । कोरोना सङ्क्रमणबाट अस्पताल भर्ना भएका एक नेपालीको उपचारकै क्रममा मस्तिष्काघातबाट मृत्यु भएको छ । ताप्लेजुङ जिल्ला सिकैँचामा स्थायी

कोरियामा काम गर्दै बचेको समयमा साहित्य सिर्जनामा रमाउने कवि सुष्मा रानाहँमाको नयाँ कविता कृति आमाको तासफोटो र दीपा मेवाहाङ राईको