तिम्रो अगाडि म निर्वस्त्र हुन सकिनँ :: शर्मिला खड्का (दाहाल)

१ चैत्र २०६९, बिहीबार ०७:३१ मा प्रकाशित

मैले सोचेको थिएँ, जूनको प्रकाशमा तिमीलाई भेटनेछु
मैले सोचेको थिएँ, गोधूलिको साँझमा तिम्रो नयाँ रङ्ग कोर्नेछु
मैले सोचेको थिएँ, हावाको मन्दमन्द स्पर्शमा तिम्रो उपस्थिति महसुस गर्नेछु
मैले सोचेको थिएँ, फूलको समीप्यबाट तिम्रो मनको खुसी टिप्नेछु
तर
तिमी नभेटिनुको छाया जुनेली रातमा उदाइरह्यो
तिमी नहुनुको अनुभूति गोधूलिमा मुस्कुराइरह्यो
तिमी हराउनुको सूचना हावाको पदचापले सुनाइरह्यो
तिमी नटिपिनुको पीडा फूलको काँडाले बिझाइरह्यो
किनभने
तिमीले अहम्को पट्टी आँखामा बाँधेका थियौँ
तिमी न त जून देख्न सक्थ्यौ, न त गोधूलि देख्न सक्थ्यौ
न त फूल देख्न सक्थ्यौ ।
म तिम्रो आँखाको पट्टी खोलेर
तिम्रै अगाडि एउटा महाभारत उभ्याउने थिएँ
जहाँ मानिसहरूले अमर प्रेमको मूर्ति मुस्कुराइरहेको पाउने थिए
तर तिमी धृतराष्ट थियौ, गान्धारी थिएनौ
त्यसैले मैले अमर प्रेमको मूर्ति तिम्रो अगाडि उभ्याउन सकिनँ
अर्को महाभारत कोर्न सकिन
किनभने तिम्रो अगाडि म निर्वस्त्र हुन सकिनँ ।

प्रतिक्रिया
सम्बन्धित खवर

सरकारले ३० वैशाखमा स्थानीय तहको चुनावको मिति घोषणा गरेको छ। स्थानीय तहको चुनाव नजिकिँदै गर्दा कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि