आखिर, समुद्रलाई पनि आँसु चाहिँदो रहेछ :: अरुणा वैद्य

१ चैत्र २०६९, बिहीबार ०७:२६ मा प्रकाशित

कुनै समयमा समुद्रले भनेको थियो
मलाई आंसु चाहिदैन,
र बन्द गरेर कथाका थिमहरु बाकसभित्र
ऊ घाम ताप्न वसेको थियो,
आफ्नो कथा अव कसैलाई भन्दिनँ भनेर ।
तर
समुद्र हो आफै
ऊ पनि भिज्छ,
एक्लै भिज्छ
बिझेर भिज्छ ।
अनि कसलाई थाहा
घाम तापेर डिलमा बस्दा बस्दै उसेले
कति खेप व्यथाहरु सुकायो
पीडाको पर्दाभित्र आफूलाई कति लुकायो
जीवनमा कति बेला आफूलाई परम सुखी ठान्यो
कति बेला आफूलाई दुःखी ठान्यो
उसले भन्दै भन्दैन ।
बरु
बदाम चपाउँदै उसले
अरुका कथाहरु सुनिरह्यो
मौन समुद्रले
एक्लो समुद्रले
चक्कर चक्करमा
विगत, वर्तमान र भविष्य नाप्यो
आआफू जोगी हो कि भोगी
त्यो पनि जानेन ।
समुद्र हो ऊ,
पानीको सागर
कुनै पनि बेला बग्न सक्छ, बगाउन सक्छ
आखिर,
समुद्रलाई पनि आंसु चाहिदो रहेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

ताप्लेजुङ । माङ्गेना अनलाइन टिभीको प्रस्तुति रहेको ‘पालाम’को शनिवार ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा विमोचन गरिएको छ । माघे संक्रान्ति अर्थात् कक्फेक्वा

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा