निःशुल्क डाइलाइसिस सेवाको घोषणा

१ चैत्र २०६९, बिहीबार ०७:१५ मा प्रकाशित

काठमाडौं, १ चैत । राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थलीले मृगौला दिवस अवसरमा आज चैत १ गतेबाट विपन्न वर्गका मृगौला रोगीहरुलाई निःशुल्क डाईलाइसिस सेवा उपलब्ध गराउने भएको छ । राष्ट्रिय मृर्गौला उपचार केन्द्रले दिनप्रतिदिन बढ्दै गएका मृगौला रोगीको अवस्थालाई मध्यनजर गरी उक्त सेवा उपलब्ध गराउने घोषणा गरेको हो ।
राजधानीमा आयोजित सोसम्बन्धी अन्तरक्रिया कार्यक्रममा गत वर्ष केन्द्रले ३६ हजार ५ सय सेसन डाइलाइसिस गरेकोमा आगामी वर्षदेखि वर्षको ४० हजार मृगौला रोगीको निःशुल्क डाइलाइसिस गर्ने योजना रहेको जानकारी दिइयो । कार्यक्रममा बोल्दै राष्ट्रिय मृगौला उपचार केन्द्रका अध्यक्ष कृष्णप्रसाद आचार्यले स्थापनाकालदेखि नै मृगौला रोगीहरुको सर्वसुलभ तरिकाबाट उपचार गर्दै आएको केन्द्रले अब आप्mनै भवन निर्माण गरेर अत्याधुनिक तरिकाबाट स्तरिय सेवा दिने बताए भने केन्द्रका कार्यकारी निर्देशक ऋषिकुमार काफ्लेले हेल्थ केयर फाउण्डेशन नेपाल नामक गैरसरकारी संस्थाले सञ्चालन गरेको राष्ट्रिय मृगौला उपचार केन्द्रले ५ वटा मेसिनबाट डाइलाइसिस सुरु गरेकोमा हाल ४० वटा मेसिनबाट दिनको १ सय जनाको डाइलाइसिस गरिरहेको जानकारी दिए । मासिक ३५ हजार खर्च लाग्ने डाइलाइसिस गर्न जो कोहीले नसक्ने भएकाले मृगौला रोगीको संख्या घटाउन वर्षमा एकपटक रगतमा देखिने क्रियाटिनिन र पिसावमा प्रोटिन जचाउन उनले सुझाव दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत