बालगृह निर्माणका लागि देशव्यापी पैदल यात्रा

१ चैत्र २०६९, बिहीबार ०७:०७ मा प्रकाशित

काठमाडौं, १ चैत । नेपालमा सेवाको लागि सहयोगी हातहरु नामक संस्थाले ‘अनाथ, असहाय, असक्त बालबालिकाहरुलाई प्रेम र सहयोग गरौँ उनीहरुको भविष्य सुनिश्चित गरौँ’ भन्ने नारासहित देशव्यापी पैदलयात्रा सुरु गरेको छ ।  पैदल यात्रामा ४ बालबालिका र संस्थाका २ जना पदाधिकारीहरु रहने छन् । यात्राको पहिलो चरणमा धादिङ, नुवाकोट, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, वाग्लुङलगायतका जिल्लाहरुको यात्रा गरिने संस्थाका अध्यक्ष भगत खत्रीले जानकारी दिए । दोस्रो चरणको यात्रामा मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल रहने र तेस्रो चरणमा मध्यमाञ्चलको बाँकी जिल्लाहरु र पूर्वाञ्चलको यात्रा तय गरिने छ ।
मुलुकभरमा रहेका अनाथ, असहाय, अशक्त बालबालिकाहरुको खोज अध्ययन अनुसन्धान उनीहरुलाई शिक्षा, स्वास्थ्य, आश्रय तथा पोषणका लागि सुविधासम्पन्न बालगृहको निर्माण गर्नु पैदलयात्राको मुख्य उद्देश्य रहेको अध्यक्ष खत्रीले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

वाशिङ्गटन डिसी । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ ।