काग्रेस नेताहरुको कार्यब्यस्ता भन्दै तीन दलको बैठक स्थगित

१९ चैत्र २०६८, आईतवार १६:५५ मा प्रकाशित

काठमाडौ, १९ चैत । काग्रेस नेताहरुको कार्यब्यस्तता भन्दै तीन दलका शिर्ष नेताहरुको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । बैठक शान्ति मन्त्रालयमा अपरान्ह ४ बजेपछि बस्ने गरी तय भएको थियो ।
प्रधानमन्त्री निकट स्रोतका अनुसार नेपाली काग्रेसका शिर्ष नेताहरु राजधानी बाहिर रहेकोले बैठक स्थगित गरिएको हो । तर काग्रेसले भने आफ्ना नेताहरु बैठककालागी काठमाडौ आउने तयारीमा रहे पनि प्रधानमन्त्रीले अकस्मात बैठक स्थगित गरेको दावी गरेका छन् ।
आजको बैठकमा सत्य निरुपण तथा मेल मिलापा आयोग, बेपत्ता खोजविन आयोगको विद्येयक मस्यौदालाई अन्तिम रुपमा दिने तयारी गरिएको थियो । कानून तथा न्याय मन्त्रालयको तर्फबाट तयार गरिएको विद्येयकको मस्यौदामा छलफल गरेर अन्तिम रुप दिने एजेण्डा थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले विभिन्न ११ वटा मुलुकमा राजदूत नियुक्तिका लागि ११ जनाको नाम सिफारिस गरेको छ । मन्त्रिपरिषदको यसअघिकै बैठकले

इजराइल र प्यलोस्टाइनको हमास समुहबिचको पछिल्लो भिडन्तमा ज्यान गुमाउनेको संख्या १ सय २६ पुगेको छ । गत सोमवार पश्चिम किनारामा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन्

काठमाडौं । प्रतिसिलिन्डर ४ सय रुपैयाँमा किनेको अक्सिजनलाई कतिसम्ममा बेच्न पाइन्छ ? कालोबजारीसम्बन्धी ऐनले २० प्रतिशतसम्म नाफा लिन छुट दिन्छ।