प्रेमिकाको तस्वीर सार्वजनिक हुँदा हमाल किन मौन ?

१ चैत्र २०६९, बिहीबार ०६:५९ मा प्रकाशित

काठमाडौं । एक ट्याब्लोइड साप्ताहिक पत्रिकामा नायक राजेश हमालकी प्रेमिकाको अन्तर्वार्ता छापिएको एक हप्तापछि फोटो नै सार्वजनिक भएको छ । हमालले लामो समयदेखि आफ्नी प्रेमिकाको बारेमा सबै कुरा रहस्यमै राख्दै आएका थिए ।

विभिन्न अनलाइनले एक्सक्लुसिभ भन्दै हमालकी प्रेमिकाको तस्वीर सार्वजनिक गरेपनि यसबारेमा हमालले कुनै प्रतिक्रिया दिएका छैनन् । सार्वजनिक भएको तस्वीर हमालकी प्रेमिका मधु भट्टराईको भएनभएको स्वतन्त्र पुष्टि हुन भने सकेको छैन ।

हमालले झण्डै दुई वर्षअघि एक युवतीसँग आफू प्रेममा परेकेा सार्वजनिक गरेका थिए । तर युवतीको परिचय सधैं लुकाइरहे, उनले । मधुको स्केचसहितको अन्तर्वार्ताछापिएपछि ती युवती को हुन् भन्ने विभिन्न अड्कलबाजी भएको थियो । यही क्रममा साइबर सन्सारले खिचेको मोडल मधु भट्टराईको तस्वीर नै हमालको प्रेमिका भनेर सार्वजनिक भएको हो ।

यसअघि समेत हमालको प्रेमिका भन्दै विभिन्न व्यक्तिले मिडियाबाजी गरेका थिए । चितवनकी एक महिलाले बच्चासहित हमालकी श्रीमति भएको दाबी गर्दा महानगरीय प्रहरी परिसर काठमाडौंसम्म पुग्नुपरेको थियो, हमाल । त्यसपछि समेत हमालकी एकजना फ्यानले आफू हमालसँग विवाह गर्न क्रेजी भएको सार्वजनिक गरेकी थिइन् । आखिर सार्वजनिक तस्वीर हमालकी प्रेमिकाकै हो ? हमाल किन मौन ?

Source: FilmNepal.com

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अनुष्का शर्मा र विराट कोहलीकी छोरी वामिकाको फोटो हालै मात्र सोसल मिडियामा भाइरल भयो । अनुष्का आफ्नी छोरीलाई

एजेन्सी । बलिउडमा यस्ता धेरै अभिनेत्री छन्, जसले विवाहपछि आफ्नो करियरलाई अलविदा गरिसकेका छन् । यसका पछाडि विभिन्न कारणहरू थिए, जुन

काठमाडौं।बलिउडदेखि हलिउडसम्म यात्रा गरिसकेकी अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनास सरोगेसीका माध्यमबाट आमाबाबु बनिसकेका छन् । प्रियंका र

काठमाडौँ । कोरोना संक्रमण दर बढेसँगै सरकारले फिल्म हल बन्द गरे पनि फिल्म छायांकनमा भने रोक लगाएको छैन । स्वास्थ्य