प्रधानन्यायाधीशको नेतृत्वको सरकारविरुद्ध आन्दोलन छेडिने, नेकपा माओवादी शितल निवासमा धर्ना दिँदै

१ चैत्र २०६९, बिहीबार ०६:४४ मा प्रकाशित

काठमाडौं, १ चैत । अनेक प्रयत्नपछि प्रधानन्यायाधीशलाई अन्तरिम चुनावी सरकारका अध्यक्षका रुपमा सपथ खुवाउने साइत प्रमुख चार राजनीतिक दलले बल्लतल्ल के जुराएका थिए नेकपा-माओवादीलगायत झण्डै दुई दर्जन साना राजनीतिक दलहरु चर्को आन्दोलनमा उत्रने भएका छन् । बाबुराम भट्टराईको सरकारविरुद्ध आन्दोलनको उद्घोष गरेर पनि आन्दोलनको लहर ल्याउन नसकेको वैद्य नेतृत्वको माओवादीलाई अगुवा तुल्याएर साना दलहरु आन्दोलनमा उत्रने भएका हुन् । पार्टीका नाममा डेड दुई दर्जन मानिस भेला पारेर पार्टी दर्ता गरी जनाधार र शक्ति नभए पनि काकतालीले मन्त्री बन्ने अवसर पाएर सत्ताको स्वाद मारिरहेका साना दलका नेताहरुले बाबुरामले सत्ता छोड्लान् भन्ने कल्पना गरेका थिएनन् । तर राजनीतिक परिस्थितिले प्रधानन्यायाधीशका लागि बाटो छोडिदिन बाबुराम बाध्य बनेपछि वर्तमान सरकार विस्थापित हुने निश्चित भयो । खाई पाई आएका साना दलका नेताहरु यसले छाँगाबाट खसेको अवस्थामा पुगे । यही स्थितको आँकलन गरी वैद्य माओवादीले उनुहरुलाई पछि लगाएर आन्दोलनको अगुवा बन्ने चाल चलेको विश्लेषण गरिएको छ ।
नेकपा(माओवादीसहितका २२ दलले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई चुनावी सरकारको नेतृत्व दिए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएका छन् । अन्तरिम संविधानको मर्म विपरीत एमाओवादी, कांग्रेस, एमाले र मधेसी मोर्चाले प्रधानन्यायाधीश रेग्मीको नेतृत्वमा चुनावी सरकार घोषणा गर्न लागेको उनीहरुको आरोप छ । माओवादी सचिव देव गुरुङले प्रधानन्यायाधीश नेतृत्वको चुनावी सरकार कुनै पनि हालतमा स्वीकार्य नहुने बताए । गुरुङले राष्ट्रपतिसमक्ष पनि कुरा राख्ने र उनले पनि आफ्नो कुरा नसुने त्यसको परिणाम गम्भीर हुनेसमेत बताए । आन्दोलनको आरम्भस्वरुप आज बिहान नौ बजेपछि नेकपा माआ्वादीले शितल निवासमा धर्ना दिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

निर्वाचन आयोगले मंसिर २ गते संघीय तथा प्रदेश प्रतिनिधिसभाको निर्वाचन गर्न सरकारलाई सुझाव दिने भएको छ । आयोग स्रोतकाअनुसार बुधबार

काठमाडौँ ।सरकारले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बेठकले नागरिकता विधेयक फिर्ता लिने

काठमाडौं। नेपाली कांग्रेसबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागेका छन्। मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा बसेको

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक सकिएकाे छ । पार्टी कार्यालय सानेपामा मंगलबार बसेकाे बैठक चुनावी रणनीति र

आजको प्रमुख समाचार