चिनियाँ उपसभामुख भोलि नेपाल आउने

१९ चैत्र २०६८, आईतवार १४:३४ मा प्रकाशित

काठमाडौ, १९ चैत । उपसभामुख पूर्णाकुमारी सुवेदीको निमन्त्रणामा चिनियाँ जन कांगे्रसकी उपाध्यक्ष चेन झली १६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै भोलि नेपाल आउनु हुने भएको छ । अखिल चाइना महिला महासंघकी अध्यक्ष समेत रहेकी चेन संयोजकत्वको टोलीले भोलिदेखि २४ सम्म नेपालको भ्रमण गर्नेछ । भ्रमणका क्रममा चिनियाँ प्रतिनिधि मण्डलले राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री बाबुराम भट्टराई र संविधानसभा अध्यक्ष सुवास नेम्वाङ लगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । टोलीले चैत २३ गते संविधानसभाका सदस्यहरुसँग संविधान निर्माण प्रक्रियाबारे छलफल गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ३३० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार

गलेश्वर। पहिले पहिले लेकबेँसी, गाउँ–सहर गर्ने बटुवाहरुको थकाइ मेटाउने थलो चौतारीहरु अहिले नासिँदै गएका छन् । गर्मीमा दौँतरीहरु बसेर शीतल

काठमाडौँ ।बजेट मार्फत कालोधनलाई सेतो बनाउने बाटो खोलेको भन्दै तीव्र आलोचना भएपछि अर्थमन्त्रालयले त्यसो गर्न नखोजिएको स्पष्ट पारेको छ। संसदबाट

काठमाडौं ।एमाले अध्यक्ष केपी शर्मा ओलीको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दल दर्तासँग सम्बन्धित

आजको प्रमुख समाचार