श्रीनगरमा आत्मघाती आक्रमण, ६ जनाको मृत्यु

३० फाल्गुन २०६९, बुधबार १४:१३ मा प्रकाशित

काठमाडौं, ३० फागुन । भारत प्रशासित क्षेत्र श्रीनगरमा बुधबार विहान गस्तीमा रहेको सुरक्षाकर्मीको एक समूहलाई लक्ष्यित गरीगरिएको आत्मघाती आक्रमणमा परी कम्तीमा पनि चार जना सुरक्षाकर्मीसहित छ जनाको ज्यान गएको राससले जनाएको छ । समाचारमा जनाइएअनुसार मारिनेमा चारजना भारतीय प्रहरीको सशस्त्र बलका प्रहरी रहेका छन् । अरु दुई जना हतियारधारी पनि रहेको बताइएको छ । उनीहरुको पहिचान भएको छैन ।
भारतीय अर्धसैनिक बलका चारजनाको ज्यान गएको एकजना भारतीय प्रहरी अधिकारीले आफ्नो नाम नबताउने शर्तमा जानकारी दिएको उल्लेख गरिएको छ । सो आक्रमण आत्मघाती रहेको ती प्रहरी अधिकारीले जानकारी दिएका छन् । मारिने ती अज्ञात दुई जना सोही आत्मघाती व्यक्ति हुनसक्ने बताइएको छ ।
आफू सञ्चारमाध्यमलाई समाचार दिने आधिकारिक व्यक्ति नरहेको स्पष्ट गर्दै आफ्नो नाम नबताउने शर्तमा ती प्रहरी अधिकारीले भने– श्रीनगरमा सुरक्षामा तैनाथ २५ जना सशस्त्र प्रहरी बलको समूहमाथि सो आत्मघाती आक्रमण भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार