निम्तो कार्डमा बेहुला र बेहुलीको जन्ममिति राख्नु पर्ने

१९ चैत्र २०६८, आईतवार १४:३१ मा प्रकाशित

काठमाडौ, १९ चैत । भारत राजस्थानको भरतपुर जिल्लामा विवाहको निमन्त्रणा कार्डमा अनिवार्य रुपमा बेहुला बेहुलीको जन्ममिति राख्नुपर्ने नियम लगाईएको छ । प्रशासनले बाल विवाह रोक्न भन्दै  निमन्त्रणा कार्डमा जन्ममिति उल्लेख गर्न निर्देशन दिएको हो । जिल्लाभरी जारी गरिएको परिपत्र अनुसार छापाखानाहरुले बेहुला बेहुलीको जन्ममितिको आधिकारिक प्रमाणपत्र लिएर त्यही मिति कार्डमा छाप्नुपर्नेछ । सरकारी निर्देशनको बेवास्ता गर्ने छापाखाना सिलबन्दी गर्ने र सञ्चालक विरुद्ध कानूनी कारवाही अघि बढाईने अधिकारीहरुले बताएका छन् । प्रशासनको निर्देशनको पालना भएको छ कि छैन भनी बेला बेलामा छापाखानाहरुमा छापा समेत मारिनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो

बेइजिङ । कोरोना भाइरसको उद्गमस्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा