राजमार्गमा अतिक्रमण, अतिक्रमित घर–टहरा भत्काउने अभियान सुरु

३० फाल्गुन २०६९, बुधबार १०:३२ मा प्रकाशित

विष्णु सुब्बा/ झापा, ३० फागुन । पूर्वपश्चिम राजमार्गमा सडक विभागले अतिक्रमित क्षेत्र हटाएपछि सहायक मार्गका बाटाहरूमा समेत अभियानलाई अगाडि बढाउने भएको छ । बढ्दो सडक अतिक्रमण रोक्न झापाका कतिपय सहायक मार्गका बाटोहरूमा पूर्वाञ्चल सडक डिभिजन दमकले त्यस्तो अभियान थाल्ने तयारी गरेको हो ।
सडकले सहायक मार्गका बाटोहरूमा १५ मिटरको मापदण्डलाई लागू गराउन गृहकार्य थालेको बताएको छ । ‘छिट्टै त्यससम्बन्धी कार्य बढाउन लागका छौँ,’ डिभिजन प्रमुख शालिग्राम रेग्मीले बताए । जिल्लामा पूर्वपश्चिम राजमार्गबाहेक राजमार्गसँग जोडिएका चारवटा सहायक मार्ग सडकले रेखदेख गरी आएको छ । ती सहायक मार्गहरूमा लखनपुरको पाडाजुँगी–गौरीगञ्ज, बिर्तामोड, चन्द्रगढी, चारआली–चिहानडाँडा र बिर्तामोड–शनिश्चर, बुधबारे विभागअन्तर्गत रहेका छन् । सडक मापदण्ड बनाएका ती सहायक मार्गहरूमा समेत सडक संरचना कायम गराउन चासो दिएको बुझिएका छ । प्रमुख रेग्मीका अनुसार सडक संरचनालाई व्यवस्थित बनाउन पहल थालिएको छ । विभागले सहायक मार्गका सडकहरूले छोएका गाविस, नगरपालिकाहरूलाई सडक ऐनमुताबिक नक्सापास गराउन भनी परिपत्र दिइएको छ । ‘हामीले जिल्लाका चारवटा सहायक मार्गले छुने स्थानीय निकायलाई सोबारे पत्राचार गरेका छौँ,’ प्रमुख रेग्मीको भनाइ छ । ती क्षेत्रहरूमा ठूलो परिणाममा सडक संरचना मिचिएको अनुमान विभागका अधिकारीहरू बताउँछन् । वर्षांैदेखि सडक मिचिँदै आए पनि प्रभावकारी कदम नहुँदा सरकारी ऐन बेखबर बन्दै आएको थियो ।
सहायक मार्ग आसपासमा घर–टहराको अतिक्रमण बढ्दो रहेको छ । मुख्य राजमार्गको सडक संरचना केही समयअघि जिल्लाभित्र पूरा गरेको थियो । कार्यालय प्रमुख रग्मीले ०३१ सालमा आएको सडक ऐनले मुख्य राजमार्ग र सहायक मार्गको अवधारणा ल्याएको छ । ‘मुख्य राजमार्गका संरचना कायम गराउन स्थानीय बासिन्दाहरूले सहयोग पुरयाएपछि विभागले हेर्न अन्य सडक अतिक्रमण हटाउन चासो बढाएका छौँ,’ रेग्मी बताउँछन् । उनले सोसम्बन्धी जनचेतनामूलक १० वटा होर्डिङबोर्ड र स्थानीय सञ्चारमाध्यमहरूमा सूचना प्रवाह गरिआएको बताए ।

सडकसम्म जथाभावी प्लटिङ
जिल्लाका मुख्य राजमार्ग तथा सहायक मार्गहरूको कालोपत्रे सडकहरूसम्म प्लटिङ व्यवसायीहरूले बिनाअनुमति बाटो जोड्ने गरिआएको खुल्न आएको छ । नियमविपरीत अधिकांश स्थानहरूमा सडकको बाटोसम्म जथाभावी बाटो बनाएका विभागको दाबी छ । सडक विभागले हेर्ने बाटोमा कुनै प्लटिङ गर्नेहरूले बाटो जोड्न अनुमति लिनुपर्ने नियम छ । ‘देशव्यापी नै यो समस्या रहेको छ,’ डिभिजनका प्रमुख इन्जिनियर रेग्मीले भने, ‘जथाभावी प्लटिङले कतिपय क्षेत्रमा बाटो हिँडडुलमा असुरक्षा बढ्दो छ ।’ सडक विभागले हेर्ने जिल्लाका सडकहरूमा अहिलेसम्म कसैले नियमपूर्वक बाटो जोड्ने, थप्ने काम गरेका छैनन् । ‘तर धेरै ठाउँहरूमा उनीहरूले जथाभावी सडकसम्म बाटो जोडेका छन्,’ रेग्मीले ऐन–नियम भए पनि नियन्त्रणका लागि काम गर्न नसकिएको बताए । सडकको संरचना दिगो नहुनमा समेत जथाभावी प्लटिङको कामले असर पुरयाएकाले आकस्मिक दुर्घटना हुने गरेको उनको भनाइ छ । प्लटिङ व्यवसायीहरूले जग्गा तथा घडेरीको बिक्री भाउ बढाउनका लागि धेरै स्थानहरूमा मनपरी सडकसँग बाटो निकालिरहेका छन् । अधिकांश त्यस्ता व्यवसायीलाई सडकसम्म बाटो जोड्न स्वीकृति लिनुपर्ने प्रावधानबारे नै बेखबर रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार