एसएलसी परीक्षामा अनियमितता गर्नेलाई कडा कारवाही गरिने

३० फाल्गुन २०६९, बुधबार १०:०८ मा प्रकाशित

काठमाडौं, ३० फागुन । उच्च शिक्षाको फलामेद्वार मानिने एसएलसी परीक्षा भोली चैत १ देखि सुरु हुँदैछ । चैत १ देखि चैत ९ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने परीक्षामा नियमिततर्फका चार लाख ३० हजार ९७ र एक्जेम्टेडतर्फका एक लाख १७ हजार ६८ गरी जम्मा पाँच लाख ४७ हजार एक सय ६५ परीक्षार्थी सहभागी हुँदैछन्। परीक्षा नियन्त्रण कार्यालयका अनुसार परीक्षा सञ्चालन गर्न एक हजार सात सय ८६ केन्द्राध्यक्ष, दुई हजार ६ सय ५५ सहायक केन्द्राध्यक्ष, २१ हजार आठ सय ९० निरीक्षक, सात हजार दुई सय ९७ सहयोगी र १७ हजार आठ सय ६० सुरक्षाकर्मी परिचालन गरिने छ। देशभरका सबै परीक्षा केन्द्रनजिकैको सुरक्षा निकायमा प्रश्नपत्र र उत्तरपुस्तिका पुगिसकेको छ।
एसएलसी परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन शिक्षा मन्त्रालयले यो वर्ष १४ अञ्चलमा सहसचिव नेतृत्वको अधिकारसम्पन्न अनुगमन टोली खटाएको छ। शिक्षामन्त्री दिनानाथ शर्माका अनुसार अनियमितता गर्ने विद्यार्थी, केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, सुरक्षा गार्ड, अभिभावक जो सुकै भए पनि सख्त कारबाही गरिनेछ । परीक्षा व्यवस्थित बनाउन मन्त्रालयले सबै संयन्त्र परिचालन गर्न लागेको जनाउँदै मन्त्री शर्माले अबका दिनमा गेसपेपर या गाइड पढेर होइन, राम्रोसँग अध्ययन गरी परीक्षा दिनेले मात्र पास हुने वातावरण तयार पारिने बताएका छन् ।
यस्तै यो वर्ष परीक्षा नियन्त्रण कार्यालयले प्रश्नपत्रमा हुने त्रुटि तत्काल सच्याउन केन्द्रमा दुई वटा नोटिस बोर्डको  व्यवस्था गरेको छ। एसएलसीलाई तयार पारिएका ८६ विषयको प्रश्नपत्रमा कुनै त्रुटि पाइए, त्यसलाई ३० मिनेटभित्र सच्याई देशभर सूचना पठाउने संयन्त्र निर्माण गरिएको पनिकाको दाबी छ । प्रश्नपत्रको गोपनियता भंग गरे, परीक्षालाई अमार्यादित बनाए, अरुको तर्फबाट परिक्षा दिए वा परीक्षाको मार्यादा भंग गर्ने यस्तै कुनै कार्य गर्नेलाई कसुर हेरी एक लाखसम्म जरिवाना वा ६ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको जनाइएको छ । परीक्षार्थीले अनुशासनहीन काम गरे पुरै परीक्षा रद्द हुने र एक वर्षसम्म परीक्षामा सम्मिलित हुन नपाउने समेत चेतावनी दिइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा