अनिज पदाधिकारीलाई सम्मान

३० फाल्गुन २०६९, बुधबार ०९:४१ मा प्रकाशित

रुपन्देही, ३० फागुन । नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज) जिल्ला समिति, रुपन्देहीले मंगलबार बुटवलमा आदिवासी जनजाति महासंघ, रुपन्देहीको नयाँ कार्य समितिका पदाधिकारी तथा सदस्यलाई सम्मान गरेको छ । गत २७ गते सम्पन्न तेस्रो अधिवेशनबाट निर्वाचित कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई बुटवलमा सम्मान गरिएको हो ।
सम्मान कार्यक्रमका वक्ताहरुले अनिज, जनजाति महासंघ र नेपाल सरकार अन्तरगतको आदिवासी जनजाति जिल्ला समन्वय समितिबीच सहमति र सहकार्य गरेर अगाडि बढ्नु पर्ने धारणा अघि सारे । उनीहरुले आदिवासी जनजातिको साझा मुद्दालाई तीनै संस्थाले एक ढिक्का भएर उठाउनु पर्ने जनाए । कार्यक्रममा नेपाल सरकार जिल्ला विकास समिति अन्तर्गतको आदिवासी जनजाति जिल्ला समन्वय समिति, रुपन्देहीका उपाध्यक्ष धनबहादुर गुरुङ, जनजाति महासंघका नवनिर्वाचित अध्यक्ष शन्तराम चौंधरी, उपाध्यक्ष कृष्ण मोक्तान, सचिव गंगा पुन, सहसचिव राजु गुरुङ, कोषाध्यक्ष टेकबहादुर भुजेल, सदस्यहरु प्रेम शेरचन, अरुणलाल श्रेष्ठ, लिलाधर किराँत, प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य शेरबहादुर के.सी., अनिजका लुम्बिनी अञ्चल सदस्य लोकनेश ढेंगामगर लगायतले मन्तव्य दिएका थिए ।
– चन्द्रकान्त  खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । देशभरका ६ महानगरपालिकामा सत्तारुढ गठबन्धनले अधिकांशमा अग्रता बढाइरहेको छ । पछिल्लो मत परिणामअनुसार पाँच महानगरमा गठबन्धनको अग्रता छ भने

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले आफ्नो अग्रतालाई झन फराकिलो बनाउँदै लगेका छन् । २३ हजार २२३

झापा । झापामा एक नगरपालिकासहित चार स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानसम्म चार स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक

काठमाडौं । भरतपुर महानगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता लिएकी छन् । पछिल्लो सार्वजनिक मतपरिणमअनुसार गठबन्धनकी