तनहुँका दुई क्याम्पसलाई साढे पाँच करोड भारतीय सहयोग

२९ फाल्गुन २०६९, मंगलवार २१:२५ मा प्रकाशित

काठमाडौं, २९ फागुन । तनहुँ आँबुखैरेनीस्थित श्री आँबुखैरेनी क्याम्पस भवन निर्माणका लागि भारतले ४ करोड ६ लाख अनुदान सहयोग उपलब्ध गरराएको छ । मंगलबार तनहुँमा आयोजित एक समारोहबीच नेपालस्थित भारतीय दूतावासका नियोग उपप्रमूख जयदीप मजुम्दारले राजदूत जयन्त प्रसादका तर्फबाट सो क्याम्पस भवनको प्रतिमा अनावरण गरे । हजारभन्दा बढी विद्यार्थीलाई स्नातकसम्मको शिक्षा प्रदान गर्ने त्रिविसँग आवद्ध उक्त क्याम्पसको नयाँ भवन निर्माणपछि सम्बन्धित शिक्षक एवम् विद्यार्थीलाई अध्ययन–अध्यापनमा निकै सुविधा पुग्ने विश्वास लिइएको छ ।
यसैगरी सोही दिन आयोजित अर्काे एक कार्यक्रममा भारतीय राजदूतका तर्फबाट राजनीतिक तथा आर्थिक सहयोग विभागका काउन्सिलर पियूष श्रीवास्तवले तनहुँको उत्तरी क्षेत्रमा पर्ने रुपाकोट गाविसस्थित श्री त्रिभुवन क्याम्पसको नवनिर्मित भवनको उद्घाटन गरे । एक करोड ४४ लाखको भारतीय सहयोगमा निर्मित सो क्याम्पसबाट आसपास जिल्लाका छात्रछात्रालाई समेत सुविधा पुग्ने सो कार्यक्रममा उपस्थित स्थानीय राजनीतिक दलका नेता, उच्च प्रशासकीय अधिकारी एवम् स्थानीय सर्वसाधारणले विश्वास व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार (आज) प्रधानन्यायाधीश

आजको प्रमुख समाचार