म्यानमारमा उप चुनाव

१९ चैत्र २०६८, आईतवार १४:०० मा प्रकाशित

यांगुन,(म्यानमार), चैत १९ (एजेन्सी)-म्यानमारले आइतबार ५० वर्षमा तेस्रो निर्वाचनको अनुभव गरिरहेको छ। यस निर्वाचनले प्रजातन्त्रबादी विपक्षी नेत्री आङ सान सुचलिाई संसदमा पुर्‍याउन सक्ने छ। जसबाट पश्चिमा राष्ट्रले म्यानमारमाथि लगाइरहेको प्रतिबन्ध हटाउन सक्ने छन्।
लामो समय देखि सैनिक शासन वेहोरी रहेको मुलुकमा यदि निर्वाचन स्वतन्त्र र निस्पक्ष रुपमा भएमा आफूहरूले वर्षौ अघि गरिरहेको आर्थिक कार्यवाहीलाई हटाइने संकेत अमेरिका तथा युरोपियन युनियनले दिएका छन्।
सन् २०१०सम्म १५ वर्ष घरमै बन्दि जीवन बिताएकी नोबल पुरस्कार विजेता सुचीलजे गत साता निर्वाचन पूर्ण रुपमा धाँधली रहित नहुने बताएकी थिइन्।
‘सबै थोक शान्तिपूर्ण रुपमा भइरहेकोमा हामी खुसी छौँ। र आशा छ पूरा दिन यो प्रकृया शान्तिपूर्ण रुपमा जाने छ।’ म्यानमारको निर्वाचन अवलोकन गर्न पर्यवेक्षकका रुपमा आएका युरोपियन युनियन संसदका सदस्य इभो बेलेटले भने।

प्रतिक्रिया
सम्बन्धित खवर

सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्युनिकरण गर्नका लागि शुक्रबार

भारतको मुम्बईमा बाढीले घर भत्काउँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ । अत्यधिक बर्षाका कारण आएको ठूलो बाढी मुम्बईका बस्तीहरुमा

न्यूयोर्क । विश्वमा कोरोना भाइरसको संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण उच्च विन्दुमा पुगेर नियन्त्रणमा आएका भारत, बेलायत, अमेरिका

म्युनिख । पश्चिमी यूरोपमा भीषण बाढीका कारण मृत्यु हुनेको संख्या १ सय २५ पुगेको छ ।अविरल वर्षासँगै पश्चिमी यूरोपमा केही