नागरिकता नपाउनेले दिए सशस्त्र युद्धको धम्की

२९ फाल्गुन २०६९, मंगलवार १४:४३ मा प्रकाशित

काठमाडौ, २९ फागुन । आफूहरुलाई तत्काल बंशजको आधारमा नागरिकता पाउने गरि कानूनी ब्यवस्था मिलाउन केही युवायुवतीले माग गरेका छन् । जन्मसिद्ध नागरिकता पाएका नागरिकहरुका सन्तानले यस्तो माग गरेका हुन् । राज्यविहीन मधेसी यूवा संघर्ष समितिको नाममा संगठित भएका उनीहरुले राजधानीमा पत्रकार सम्मेलन गरेर नागरिकता नपाउँदा आफूहरु राज्यविहीन भएको र कतै कुनै अवसर पाउनबाट बञ्चित बनेको भन्दै तत्काल नागरिकता पाउने ब्यवस्था नगरे आफूहरुसँग आत्महत्या गर्ने वा अधिकारको लागि हतियार उठाएर विद्रोह गर्नुको विकल्प नरहेको चेतावनी दिए ।
समितिले त्यसको लागि कानून निर्माण गर्नु पर्ने, नागरिकता बनाउनको लागि विपन्नका लागि बजेटको ब्यवस्था गर्नुपर्ने, सीमा क्षेत्रमा नागरिकता छानविन आयोग दुबै देशको सहमतिमा गर्नुपर्ने, आमाको नामबाट नागरिकता पाउनु पर्ने, नागरिकताका लागि जागरण अभियान सञ्चालन गर्नुपर्ने, नागरिकता वितरणसहित मतदाता नामावली संकलन कार्य तत्काल सुरु गर्नुपर्ने माग अघिसारेको छ ।
कार्यक्रममा बोल्दै समितिकी अध्यक्ष संगिता चौरसियाले आमासँग बंशजको आधारको नागरिकता भएको तर बाबुको जन्मसिद्ध नागरिकता भए पनि आफूले नागरिकता नपाउँदा महिला विकासको जागिर तीन महिना खाएर छाड्नु परेको र अहिलेसम्म सबै अवसरबाट बञ्चित हुनु परेको गुनासो गरिन् । यस्तै हेमन्त पाण्डेले आफूले नागरिकता नभएकै कारण उच्चशिक्षा अध्ययन बञ्चित हुनु परेको गुनासो सुनाए भने साह आलम अन्सारीले आफूले देश मान्ने तर देशले आफूहरुलाई किन नमानेको भन्दै प्रश्न गरे । महोत्तरीका एमवीए पास गरेर अर्जुनकुमार साहले पनि नागरिकताविहीन भएर आफूले रोजगारी पाउन नसकेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रतिबन्धमा परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापालाई विश्व फुटबलको सर्वोच्च निकाय फिफाले फुटबलसम्बन्धी कुनै

काठमाडौँ । गोरखाको पालुङटार नगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रका विवस चिन्तन निर्वाचित भएका छन् । सार्वजनिक अन्तिम मत परिणामअनुसार माओवादीका

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अमेरिका भ्रमणको एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ

काठमाडौँ । बाराको जितपुर-सिमरा उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । सार्वजनिक अन्तिम मतपरिणामअनुसार गठबन्धनको तर्फबाट माओवादी केन्द्रका