नयाँ कार्यकर्ता भित्र्याउँदै महतोले भने- ‘भोली सपथ हुन सक्छ’

२९ फाल्गुन २०६९, मंगलवार १४:११ मा प्रकाशित

काठमाडौं, २९ फागुन । विवादित विषयमा सहमति जुटाउने चार राजनीतिक दलको प्रयास आझै जारी छ । आज पनि दलहरु गम्भीर छलफलमा जुटेका छन् । एक महिना वार्ता, छलफल र सहमतिको कसरत चलिसक्यो, मंगलबार दिउँसोसम्म पनि कुरा भने मिल्न सकेको छैन । तथापि, प्रधानन्यायाधीश खिलराज रेग्मीलाई सपथ खुवाउने अवस्थामा पुगिएको दाबी नेताहरुले गर्न थालेका छन् । नेपाल सद्‍भावना पार्टीका अध्यक्ष तथा स्वास्थ्य मन्त्री राजेन्द्र महतोले जानकारी गराएअनुसार दलहरुबीच जारी छलफल आज टुंगोमा पुगेमा भोलि बुधबार प्रधानन्यायाधिश रेग्मीले चुनावी सरकारको नेतृत्व गर्दै सपथ लिने छन्। प्रमुख चार दलबीच भएको सहमतिलाई अन्तिम रुप दिएपछि शितल निवासमा हुने सर्वदलीय वैठकबाट अनुमोदन गराउने कार्यक्रम तय भइसकेको बुझिएको छ।
महतोले भने,  ‘दलहरुबीचको जारी वार्ता सहमतिनजिक पुगेको छ, त्यसले मुर्त रुप लिने संकेत अधिकतम बढेको पनि छ, आज कुरा टुंगियो भने भोलि प्रधानन्यायाधिशले चुनावी सरकारको सपथ लिनुहुनेछ।’
यसैबीच उपेन्द्र यादवलाई गाली गर्दै गत साता मधेसी जनअधिकार फोरम, नेपाल नामक पार्टी परित्याग गरेका योगेन्द्र यादवलगायत १८ जना नेपाल सदभावना पार्टीमा प्रवेश गरेका छन्। तिनै नवप्रवेशी फुलमाला र टिका लगाएर पार्टीमा भित्र्याउन आयोजना गरेको कार्यक्रममा महतोले सरकार गठनसम्बन्धी उपरोक्त अभिव्यक्ति दिएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले वन तथा वातावरण मन्त्री प्रेमबहादुर आले र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी

काठमाडौँ । नेपालमा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो

काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापना भएपछि प्रचण्ड नेपाल नेकपाको संसदीय दलको अनौपचारिक बैठक बसेको छ । सिंहदरबारस्थित नेकपा संसदीय दलको कार्यालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको ओली समूहको स्थायी समिति बैठक सकिएको छ। बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्दै अदालतले