कानुनविदहरुको प्रश्न- ‘अब चोर, डाका र बलात्कारीलाई कसरी रोक्ने ?’

२९ फाल्गुन २०६९, मंगलवार ०७:४७ मा प्रकाशित

 काठमाडौं, २९ फागुन । राजनीतिक परामर्श गर्न निवासमै पुगेका राजनीतिक दलका नेताहरुलाई प्रधानन्यायाधीश खिलराज रेग्मीले ढोकाबाटै फर्काइदिने आशा गरिएकोमा उल्टै संविधानविपरित परामर्शसमेत दिएर पठाएको भन्दै न्यायक्षेत्रका व्यक्तिहरुले आपत्ति प्रकट गरेका छन् । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउन लागिपेरेका प्रमुख राजनीतिक दलका शीर्ष नेतृत्व आफूहरुले तयार पारेको संविधान संसोधनकाृ दस्तावेज ठिक छ कि छैन भनी जँचाउन सोमबार प्रधानन्यायाधीशको निवास बालुवाटार गएका थिए । प्रधानन्यायाधीश रेग्मीले उक्त डकुमेन्ट हेरेर परामर्श र सुझावसमेत दिएको बुझिएको छ ।
यस प्रकरणलाई पूर्वप्रधानन्यायाधीश अनुपराज शर्मालगायतका कानूनी जानकारहरुले अत्यन्त दुर्भाग्यपूर्ण र कानूनी दृष्टिमा कालो दिनका रुपमा चित्रण गरेका छन् । न्यायाधीशले झगडियासँग भेटेर ठूलो गल्ती गरेको तर्क गर्दै उनीहरुले अब चोर, डाका, बलात्कारीहरु न्यायाधीशको घरमा सुटुक्क जाँदै प्रलोभनमा पारेर आफ्नो पक्षमा फैसला गराउन थाले भने त्यसलाई प्रधानन्यायाधीशले समर्थन गर्ने कि बिरोध ? उनीहरुलाई अब कसरी रोक्ने ? कसरी कानूनी कारबाही गर्ने ? भन्ने पेचिलो प्रश्न उठाएका छन् ।
संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले सोमबार आयोजना गरेको ‘वर्तमान संवैधानिक गतिरोध र स्वतन्त्र न्यायपालिका’ विषयक अन्तरक्रियामा पूर्वप्रधानन्यायाधीश रेग्मीले विगतको बहुदलीय व्यवस्था र पञ्चायत कालमा पनि  आफ्नो अस्तित्व जोगाएको स्वतन्त्र न्यायपालिकाले ठाउँ छाड्न लागेको र सको परिणाम भयंकर हुने तर्क गर्दै संवैधानिक इतिहासमै स्वतन्त्र न्यायपालकामाथि दाग लाग्ने स्थिति आएको बताए ।
सोही अवसरमा वरिष्ठ अधिवक्ता तथा विघटित संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले अदालतमा विचाराधीन रहेको विवादका पक्षहरूलाई प्रधानन्यायाधीशले भेट दिनु संविधानमाथिकै जालसाजी भएको दाबी गरे । यस्तै नेपाल बार एसोसिएसनका अध्यक्ष हरिकृष्ण कार्कीले प्रधानन्यायाधीशले सरकारको नेतृत्व नसम्हाल्नु होला, विवादास्पद प्रधानन्यायाधीशले मुद्दाको इजलास तोक्ने काम पनि नगर्नुहोला भन्ने विश्वास न्याय क्षेत्रलाई भएकोमा अब विश्वास हराएको भन्दै निराशा व्यक्त गरे । यसरी न्यायपालिका नै आज सडकमा आन्दोलन र हडतालको विषय बन्न पुगेको परिवेशले मुलुकको अनधार भविष्यको संकेत गरेको उनीहरुको कथन थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४