विराटनगरमा डकैती, घटनाबारे प्रहरीलाई थाहा भएन

२८ फाल्गुन २०६९, सोमबार २२:२८ मा प्रकाशित

काठमाडौं, २८ फागुन । गृहमन्त्री विजय गच्छदारले मुलुकको सुरक्षास्थितिमा आफूले निकै सुधार गरेको दाबी गरिरहेका बेला उनको आफ्नै छिमेकी जिल्लामा एक डकैतीको घटना घटेको छ । लज्जास्पद कुरा चाहिँ के छ भने १० लाखभन्दा बढी नगद डकैती गरिएको घटनाको जानकारी २४ घण्टा बितिसक्दासमेत गच्छदारमातहतका प्रहरी निकायलाई हुन सकेन ।
विराटनगर उपमहानगरपालिका(२० स्थित दरैयाबस्तीमा शनिबार राती डाकाहरुको समूहले रु १० लाखभन्दा बढीको लुटपाट गरेको बुझिएको छ। करिब २५ जनाको समूहमा आएका डाकाहरुले हवाइ फायर गर्दै स्थानीय छ घरका परिवारलाई बन्धक बनाइ दुई घरमा लुटपाट गरेको पीडितहरुलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।
राति ११ बजेतिर नकाब लगाएर आएका हतियारधारी समूहले स्थानीयका घरबाट नगद, जिन्सी, खाद्यान्न, लत्ताकपडा लुट्नुका साथै गाई र भैँसीसमेत लगेको पीडितहरुले जानकारी दिएका छन् । सशस्त्र प्रहरी तथा पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालयको छेउमै सो घटना भए पनि घटनामा संलग्नहरुलाई प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा