बाघको हड्डी तस्कर र यौन दुराचारी पक्राउ

२८ फाल्गुन २०६९, सोमबार १७:२४ मा प्रकाशित

काठमाडौं, २८ फागुन । बाघको हड्डी तस्करीमा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बारा जिल्लाको भवानीपुर जितपुर–३ बस्ने ४१ बर्षीय भुदेव श्रीवास्तव र भारत मोतिहारी ठाना कोटवा घर भएका ३५ बर्षीय वव्लु श्रीवास्तवलाई बाघको हड्डी ३ किलो ५ सय ग्रामसहित पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई छातापिपरा–३ स्थित बाग्गा आयल स्टोर कम्पाउडभित्र रहेको घरको एक कोठाबाट बाघको हड्डीसहित पक्राउ गरेको हो ।
१३ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा कैलाली उदासीपुर–९ बस्ने १७ बर्षीय धिरेन्द्र चौधरी र १७ बर्षीय उमेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । सोही ठाँउ बस्ने दुल्लु चौधरीको छोराको विवाह भोज खान गएकी सोही ठाँउ बस्ने ती बालिकालाई उनीहरुले पानी लिन जाँउ भनी बोलाई जवरजस्ती करणी गरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँको सिमाना हुँदै बग्ने ऐतिहासिक महत्व बोकेको कालीगण्डकी नदीमा माछाका भुरा छाडिएको छ । प्राकृतिक

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर