चट्याङ लागेर दुईको मृत्यु

२८ फाल्गुन २०६९, सोमबार १७:०५ मा प्रकाशित

धादिङ, २८ फागुन । धादिङको बसेरी गाउँ विकास समिति वडा नं ९ बाँगे पिपलमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने अन्य चारजना घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङ लागेर ५१ बर्षिया जिरादेबी न्यौपानेको मृत्यु भएको धादिङ प्रहरीले जनाएको छ । घाइते हुनेमा सुलोचना ढकाल, संगिता थापा, सविता श्रेष्ठ र सितादेबी अधिकारी रहेका छन् । उनीहरुको स्थानिय अस्पतालमा उपचार भइरहेको छ ।
यसैविच चट्याङ लागेर नुवाकोटमा पनि एकजनाको मृत्यु भएको छ । महाकाली गाउँ विकास समितिमा सोही साँझ चट्याङ लाग्दा ४३ वर्षीय पेमा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै नुवाकोटकै पञ्चकन्या गाविस–१ घलेमा पनि चट्याङबाट दुई जना घाइते भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्थानीय निर्वाचनमा सोचेअनुरुपको जीत हासिल गर्न नसकेपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली सन्निपातको विरामीझै बरबराउन थालेका छन्

काठमाडौं । फोर्ब्स म्यागेजिनले सार्वजनिक गरेको ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियान युवाको सूचीमा ५ जना नेपाली परेका छन्

काठमाडौं । यसपटकको स्थानीय तहको निर्वाचनमा एमाले नराम्ररी पछारिएको छ । अघिल्लो निर्वाचनको भन्दा ९० स्थानीय तहमा मात्र पराजित भएको

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीबाट पदच्युत गरी देउवालाई प्रधानमन्त्री बनाउन माधवकुमार नेपालको ठूलो योगदान छ । यदि माधव