सुदुरपश्चिमका नाममा डिएफआइडीबाट पाँच अर्ब ११ करोड अनुदान

२८ फाल्गुन २०६९, सोमबार १६:५३ मा प्रकाशित

रासस/ काठमाडौं, २८ फागुन । बेलायत सरकारको विकासका लागि अन्तर्राष्ट्रिय विभाग (डिएफआइडी)ले तेस्रो चरणको ग्रामीण पहुँच कार्यक्रम कार्यान्वयन गर्न पाँच अर्ब ११ करोड अनुदान सहयोग उपलब्ध गराउने भएको छ । अर्थमन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी र डिएफआइडीका नेपाल प्रमुख डोमिनिक ओनिइलले उक्त अनुदान उपलब्ध गराउनेसम्बन्धी सहमतिपत्रमा हस्तारक्षर गरेका छन् ।
गरिब तथा पिछडिएका वर्गमा आय तथा रोजगारीका अवसर सिर्जना गरी उनीहरूको जीवनस्तरमा सुधार ल्याउादै आर्थिक गतिविधिमा पहुाच विस्तार गर्न अनुदान सहयोग खर्च गरिनेछ । आगामी चार वर्षमा खर्च गरिने उक्त सहयोगले मध्यपश्चिम तथा सुदूरपश्चिमका जिल्लाहरू हुम्ला, बाजुरा, मुगु, अछाम, कालीकोट, जुम्ला र दैलेखका जनताको जीवनस्तरमा सुधार आउने विश्वास गरिएको छ ।
कार्यक्रममा अर्थ सचिव सुवेदीले प्राप्त सहयोगले सम्बन्धित जिल्लाको पूर्वाधार विकासबाट त्यहाँका जनताको जीवनस्तर उकास्न महत्वपूर्ण योगादान पुग्ने उल्लेख गरे । त्यस्तै, डिएफआइडीका प्रमुख ओनिइलले चार वर्षभित्रमा त्यस क्षेत्रमा दुई हजार ४०० किलोमिटर सडक निर्माण गरेपछि उनीहरूको जीवनस्तरमा सुधार आउने विश्वास व्यक्त गरेको थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले दलको प्रमुख सचेतकमा विशाल भट्टराईलाई नियुक्त गरेका छन् ।

काठमाडौं । सत्तारुढ दलभित्र खटपट चरमोत्सर्गमा पुगेका बेला सरकारले ठूलो संख्या प्रमुख जिल्ला अधिकारी (प्रजिअ) सरुवा गरेको छ । गृह

युरोपेली संघ ‘ईयू’ मा कोरोना भाइरस ‘भ्याक्सिनेसन पासपोर्ट’ अर्थात खोप राहदानीको प्रयोग गर्ने तयारी थालिएको छ । ग्रीस र अस्ट्रियाले

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिकरुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक शुक्रवार आज साँझ ५ बजेका लागि बोलाइएको