यातायात भाडा बढेकोमा विद्यार्थीद्वारा चक्काजाम

२८ फाल्गुन २०६९, सोमबार १२:४२ मा प्रकाशित

रासस/ काठमाडौं, २८ फाल्गुन । नेवि सङ्घ, अनेरास्ववियू, नेकपा–माओवादी सम्वद्ध विद्यार्थी सङ्गठनलगायतले सोमबार काठमाडौँ उपत्यकाका सम्पूर्ण क्याम्पस अगाडि चक्काजाम गरेका छन् । त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तथा सार्वजनिक यातायातमा पछिल्लोपटक भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै सो चक्काजाम गरेका हुन् ।
विद्यार्थीहरूले बिहान ९ बजेदेखि १ घण्टा चक्काजाम गरेका हुन् । विगत चार वर्षदेखि स्ववियूको निर्वाचन हुन सकेको छैन । त्यस्तै सरकारले गत बुधबार सार्वजनिक यातायातमा १० प्रतिशतसम्म मूल्य वृद्धि गरेको थियो ।
नेवि सङ्घका प्रवक्ता यूपी लामिछानेले सरकारले गरेको मूल्यवृद्धि वैज्ञानिक नभएको र यसले चौतर्फी क्षेत्रमा मूल्यवृद्धिको असर पर्ने भएकाले अविलम्ब फिर्ता लिन माग गरे । उनले लामो समयदेखि हुन नसकेको स्ववियू निर्वाचनले विश्वविद्यालयअन्तर्गतका सम्पूर्ण क्याम्पसमा विद्यार्थीको हक अधिकारको लागि प्रतिनिधित्व हुन नसकेकाले दबाब दिन सोमबार  देशभरका क्याम्पस अगाडि चक्काजामको कार्यक्रम गरिएको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार