सहमति हुनेमा आशंका कायम

२८ फाल्गुन २०६९, सोमबार १२:२९ मा प्रकाशित

काठमाडौं, २८ फागुन । प्रधानन्यायाधीशलाई प्रधानमन्त्री बनाउने सन्दर्भमा एमाओवादीको इमानदारीमाथि चौतर्फी आशंका उठिरहेको परिवेशबीच बाधाअड्काउ फुकाउ मस्यौदामा चार दलबीच सहमति जुटेको बताइएको छ । विशेष समितिको कार्यालय नयाँ बानेश्वरमा आइतबार बेलुकी बसेको शीर्ष बैठकमा दलहरूबीच बाधाअड्काउ फुकाउ प्रक्रियाबारे सहमति जुटेको हो। कार्यदलले तयार गरेको मस्यौदालाई शीर्ष नेताहरूले प्रधानमन्त्री बाबुराम भट्टराईमार्फत प्रधान न्यायाधीश खिलराज रेग्मीसमक्ष पुर्याएका छन्। राष्ट्रपतिबाट बाधाअड्काउ फुकाउलगत्तै प्रधान न्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन प्रक्रिया अघि बढाउने तयारी दलहरूले गरेका छन् भने आज दिउँसो शीर्ष बैठक बसेर सत्यनिरुपण आयोगमा सहमति गर्ने तयारी गरिएको पनि बताइएको छ । तर, सहमतिको नाममा धेरै पटक बैठक बसेर पनि सहमतिमा पुग्न नसकेका दलहरुबीच आज पनि कुरा मिल्नेमा आशंका कायम नै रहेको धारणा कतिपय नेताहरुले व्यक्त गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

वाशिङ्गटन डिसी । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ ।