दिल्ली बलात्कार काण्डका मुख्य अभियुक्तले आत्महत्या गरे

२८ फाल्गुन २०६९, सोमबार ११:१६ मा प्रकाशित

एजेन्सी/ २८ फागुन । गत १६ डिसेम्बरमा नयाँदिल्लीमा गुडिरहेको बसमा २३ बर्षीया एक मेडिकल छात्रालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मुख्य आरोपी राम सिंहले भारतको तिहार जेलमा आत्महत्या गरेका छन् । राम सिंहले सोमबार बिहान ५ बजेको समयमा जेल नंबर ३ मा झुण्डिएर आत्महत्या गरेको सञ्चारमाध्यमहरुले जनाएका छन् । उनको शवलाई पोष्टपार्टमको लागि अस्पताल लगिएको बताइएको छ ।
राम सिंह उक्त घटना भएको बसका चालक थिए भने उनका सहोदर एक भाइ मुकेश पनि अभियुक्तका रुपमा यतिबेला जेलमै छन् । सिंहसहित पाँच आरोपी जेल पठाइएका थिए भने नाबालक भनिएका एकको अदालतमा सुनुवाई चलिरहेको छ ।
आत्महत्याको घटनापछि तिहाड जेलका कैदीमाथि कडा नजर राखिएको छ । तिहाड जेलभित्र कैदीले आत्महत्या गरेको यो पहिलो घटना भएको पनि बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

कोलम्बो । आर्थिक संकटमा फसेको श्रीलंकाले अत्यावश्यक सेवाहरू बाहेक अन्य सेवामा इन्धन बिक्रीमा दुई साताका लागि रोक लगाएको छ  । तेल

काठमाडौँ।काठमाडौँ महानगरपालिकाले हैजासम्बन्धी समस्या समाधान गर्न चौबिसै घण्टा हटलाइन टेलिफोन सञ्चालनमा ल्याएको छ । जनस्वास्थ्यसम्बन्धी जोखिम पूर्वानुमान गरेर समस्या समाधानमा

काभ्रेपलाञ्चोक । काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनाको निर्माण सम्झौता गरिएको १२ वर्ष भयो । तीन वर्षदेखि आयोजनाको काम ९८ प्रतिशत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार भारतीय