गुल्मीमा ५ मेघावाटको विद्युत् आयोजना सिलान्यास

२८ फाल्गुन २०६९, सोमबार ०९:२७ मा प्रकाशित

चन्द्रकान्त खनाल/ रुपन्देही, २८ फागुन ।  गुल्मीमा पाँचमेगावाट क्षमताको उपल्लो हुग्दीखोला जलविद्युत परियोजनाले निर्माण शुरु गरेको छ । शान्तिपुर र हरेवा गाविसमाबाँध बाँधेर १ हजार ६ सय मिटर लम्बाईको पाइपलाइन मार्फत रुपाकोटको खशीमारे खोलानजिकैबाट साहस हाइड्रोपावर कम्पनी र रुरु जलविद्युत परियोजनाको संयुक्त लगानीमा ५ मेगावाट विद्युत आयोजना निर्माण शुरु गरिएको हो ।
परियोजनाको एक कार्यक्रमका बिच परियोजनाका कार्यकारी अध्यक्ष हिमप्रसाद पाठक, प्रबन्ध निर्देशक भरतप्रसाद नेपाल र स्थानीय बासिन्दाले संयुक्त रुपमा शिलन्यास गरे । झण्डै ७५ करोड रुपैंया लागतको परियोजना निर्माणका लागि प्रभावित जग्गाखरिद, पिपिए, वातावरिणय प्रभाव मुल्याङ्कन लगायतका कार्य सम्पन्न गरि निर्माण कार्य शुरु गरिएको पाठकले बताए । शुरु गरेको १६ महिनामा सम्पन्न गर्ने उद्देश्य ।रहेको उनको भनाई छ ।
परियोजनामा साहस हाइड्रो प्रालिको ७० प्रतिशत र रुरु जलविद्युत परियोजनाको ३० प्रतिशत लगानी छ । परियोजनामा स्थानीय व्यक्ति, संघ संस्थाहरुले झण्डै १ करोड रुपैंया शेयरको रुपमा लगानी गरेको पनि परियोजनाले जनाएको छ । शिलान्यसका अवसरमा लगानी गर्न इच्छुक तर पहिला छुट भएकाहरुका लागि फागुनभित्रमा संस्थापक शेयर लिने अवसर प्रदान गरिएको पाठकले बताए । परियोजनामा लगानी गर्न इच्छुक स्थानीय कोही पनि नछुटोस भन्ने हाम्रो उद्देश्यहो’, पाठकले भने, व्यक्तिकालागि न्यनूतम १० हजार रुपयाँ र संघसंस्थाका लागि न्यूनतम १ लाख रुपैयाँ शयेर रकम कायम गरिएको छ ।
पाँच मेगावाट क्षमताको परियोजना सम्पन्न भएमा झण्डै ३५ हजार विद्युत ग्राहक रहेको जिल्लाको विद्युत आपूर्तिको पुरै भार थेग्न सक्ने विद्युत प्राधिकरणले जनाएको छ । अहिले जिल्लामा वितरणगरिएको विद्युतको प्रशारण लाईन निकै लामो भएकाले नियमित विद्युत आपूर्तिमा समस्या हुनेगरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सिन्धुपाल्चोक । हिजो परेको पानीकाकारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा भिषण बाढी र पहिरो गएको छ । बाढी र पहिरोबाट