बैद्यजीहरुको विरोधले फाइदै भएको छ

१९ चैत्र २०६८, आईतवार १२:२९ मा प्रकाशित

टोपबहादुर रायमाझी, स्थानीय विकास मन्त्री
० बाबुराम भट्टराईकै नेतृत्वमा कांगे्रस सरकारमा जाने भयो अरे नि ?
– त्यसको अर्को विकल्पै छैन । कांगे्रस, एमालेलगायतका पार्टीहरु राष्ट्रिय सहमतिको सरकारमा जानुहुन्छ ।
० राष्ट्रिय सहमतिको सरकारमा जाने आधार तयार भयो ?
– आधार बन्दै जान्छ, त्यस किसिमको विश्वास बढ्दै गइरहेको छ ।
० बैशाख दोस्रो सातासम्म शिविर खाली गर्ने सहमति भएको हो ?
– मन्त्रिमण्डलको बैठकमा त्यो निर्णय भएको होइन, सेना समायोजन विशेष समितिमा त्यो निर्णय भएको हो । त्यो निर्णय कार्यान्वयन हुन्छ । शिविर खाली हुन्छ, पछाडि फर्किने ठाउँ छैन ।
० शान्ति प्रकृया कहिलेसम्ममा निष्कर्षमा पुग्छ ?
– एकआत साताभित्र शिविर खाली हुन्छ र जेठ १४ भित्र संविधान जारी हुन्छ ।
० जेठ १४ भित्र संविधान जारी भएन भने देशले महासंकट झेल्नुपर्छ भन्नेहरु पनि छन् नि ?
– यो सत्य कुरा हो । जेठ १४ भित्र संविधान जारी भएन भने संकट सुरु हुन्छ, त्यो देशका लागि दुर्भाग्य हुन्छ । शान्ति र संविधानको विकल्प छैन । संविधान जारी भएन भने के हुन्छ भन्नेतिर हामीले सोच्नु हुँदैन ।
० तपाईंहरुको पार्टीभित्रैबाट सरकारविरुद्ध सडक संघर्ष सुरु भएको छ नि ?
– यो सरकार बनेदेखि नै त्यस्तो उद्घोष भएको हो । त्यसको कुनै प्रभाव रहेन । त्यो उद्घोषले केही फरक पनि पार्दैन । त्यो उद्घोषले सकरात्मक भूमिका खेल्छ ।
० किरणजीहरुको विरोधले अप्ठ्यारो पर्दैन ?
– अप्ठ्यारोभन्दा पनि राम्रो गर्छ भन्ने लाग्छ । शान्ति र संविधान निष्कर्षमा पुग्दैनकी भनेर चिन्ताका साथ गरिएको विरोध हो भने त्यसले शान्ति र संविधानलाई सकरात्मक दिशातिर लैजान्छ । यदि त्यो शान्ति र संविधानका लागि होइन रहेछ भने त्यो आपैm विस्फोट हुन्छ ।
० सरकारलाई बलियोकी कमजोर बनाउने खेल होला ?
– नियत राम्रै भए पनि उहाँहरुको दृष्टिकोण शान्ति र संविधानलाई भाँड्ने दिशातिर अगाडि बढेको छ । उहाँहरुको नकरात्मक चिन्तनलाई हामी सकरात्मकमा बद्ल्नुपर्छ ।
० सकरात्मक बनाउन सक्नुभएन भने ?
– केही हुँदैन, उहाँहरु विघटन हुन्छन र रुपान्तरण हुन्छन् । हामीसँग चाहिँ पछाडि फर्किने ठाउँ छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

आगामी सङ्‍घीय र प्रदेश संसद्को निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुनेमा शंका उत्पन्‍न हुनेगरी शीर्ष नेताहरूले नै अभिव्यक्ति दिइरहेका छन् । स्थानीय

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा ७५३ मध्ये सबैभन्दा बढी चर्चामा रहेको भरतपुर महानगरपालिकामा अन्ततः गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रबाट प्रमुखको

वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनमा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट नेकपा(एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित हुनुभयो ।

काठमाडौं । पूर्वउपप्रधान तथा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले मुलुकमा विकास निर्माण लक्षित कामलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएकी