पार्टी छोड्ने बेला अध्यक्षलाई सत्तोश्राप

२७ फाल्गुन २०६९, आईतवार २१:३७ मा प्रकाशित

काठमाडौं, २७ फागुन । उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम, नेपालको भातृ संगठन मधेशी यूवा फोरमका अध्यक्ष योगेन्द्र यादव र पार्टीका संगठन विभाग प्रमुख फिरोज मन्सुरलगायतका नेता–कार्यकर्ताले पार्टी परित्याग गरेका छन् । पार्टी तथा नेतृत्वको कार्यशैलीप्रति बारम्बार प्रश्नचिन्ह उठाउँदै सुधारको प्रयास गर्दा पनि सुधारको संकेतसम्म पनि नमिलेका कारण आफूहरुले पार्टी त्याग्नु परेको उनीहरुले एक विज्ञप्तिमार्फत् स्पष्ट पारेका छन् । यादव र मन्सुरद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा अध्यक्ष उपेन्द्र यादवमाथि अलोकतान्त्रिक, व्यक्तिवादी, अधिनायकवादी, हैकमवादी, राजनैतिक रुपमा अदूरदर्शी, अव्यवहारीक, अहंकारी, निम्नज्ञानवादी, आत्मकेन्द्रीत, सागंठनीक रुपमा वंश–परिवारवादी, सैद्धान्तीक रुपमा ढुलमूले, अस्थीर, पाखण्डी, अवसरवादी, नक्कली मधेशवादको चिन्तन र कार्यशैली बोकेकोजस्ता आरोप लगाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । पर्यटन विकास आयोजना वागमती प्रदेश हेटौडा, मकवानपुरका सव–इन्जिनियर नेत्रप्रसाद लामिछाने ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

काठमाडौं । प्रचण्ड नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्डलाई दलको नेता चयन गरेको छ ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दका उपस्थितिमा दुवै पक्षबीच बिहीबार भएको सहमतिमा आज

नवलपरासी । सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको