स्थानीय र नेपाली सेनाबीच झडप, कारण रहश्यमै

२७ फाल्गुन २०६९, आईतवार २०:५० मा प्रकाशित

नवलपरासी, २७ फागुन । नवलपरासीको अग्यौली-५ अमलटारीमा रहेको रणदल गुल्मको टोली र स्थानीयवासीबीच झडप हुँदा नेपाली सेनाका जमदारसहित ११ जना घाइते भएका छन्। चितवन राष्ट्रिय निकुन्जको सुरक्षार्थ अमलटारीमा रहँदै आएको सेनाको टोली र गुल्म नजिक रहेको कावासोती-१ सांडको मुसहर गाउँका स्थानीय युवाबीच गएराति झडप भएको हो। सो घटनाबारे स्थानीयवासी केही पनि बताउन तयार छैनन् भने इलाका प्रहरी कार्यालयले पनि घटना किन र कसरी घट्यो भन्ने बारेमा केही खुलाउन चाहेन।
झडपमा घाइते भएका सबैको इलाका प्रहरी कार्यालय कावासोतीबाट गएको टोलीले उद्धार गरी कालिगण्डकी अस्पतालमा उपचारका लागि पुर्यायएको प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले बताए।विवाद बढ्दै गएपछि सेनाले सुरक्षाका लागि भन्दै हवाई फायर गरेको गणका प्रमुख मेजर सुशील थापाले जानकारी दिए। गण प्रमुख शर्माले आफ्ना जवानसँग स्थानीय जनताले विवाद गर्न खोजेपछि सुरक्षाका लागि हवाई फायर गरेको जनाए।
विवादले उग्ररुप लिन पुग्दा भएको झडपमा परी गुल्मका जमदार गोपाल रेग्मीसहित पाँच सैनिक र ६ स्थानीय युवा घाइते भएका छन्। झडपमा परी नेपाली सेनाका जमदार चन्द्रबहादुर रेग्मी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक उमेश लम्सालले बताए।
यसैगरी घटनामा परी कावासोती गाविस(१ सांडका स्थानीय बुद्धि मुसहर, गङ्गाराम महतो, लीलाबहादुर मुसहर, टीकाराम मुसहरलगायतका युवा घाइते भएको बताइएको छ। सो विवादमा नेपाली सेनाका जवानले आफ्नो सुरक्षाका लागि १५ राउन्ड गोली चलाएको इलाका प्रहरी कार्यालयले जनाएको छ। रासस

प्रतिक्रिया
सम्बन्धित खवर

लमजुङ। गएरातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिरोले डुम्रे–बेँसीसहर सडक र बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । डुम्रे बेँसीसहर सडक

काठमाडौं विमानस्थलममा आईएफआर उडान भइरहेको विमानस्थल कार्यालयले जनाएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मंगलबार देशका

काठमाडौँ । एकीकृत समाजवादीपछि जनता समाजवादी पार्टी (जसपा) ले पनि आफ्नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरु फिर्ता बोलाउने निणर्य गरेको छ

टेक्सास । अमेरिकाकाे टेक्सासस्थित सान एन्टोनियोको बाहिरी इलाकामा एउटा लरीमा कम्तीमा ४२ जना आप्रवासी मृत फेला परेका छन् । फेला