चितवनको माडीमा न्यु इएर कप फुटबल २०६९ हुने

१९ चैत्र २०६८, आईतवार १२:२५ मा प्रकाशित

चितवन, १९ चैत । “युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन चेतना र राष्ट्र निर्माण हो” भन्ने मुल नाराका साथ बसन्तपुर युनाइटेड क्लवको आयोजनामा न्यु इएर कप फुटबल २०६९ माडीको बसन्तपुमा आयोजना हुने भएको छ । वैशाख १ गतेदेखि १२ गतेसम्म चल्ने प्रतियोगितामा चितवन जिल्लाको मात्र नभई नारायणी अञ्चलकै उत्कूष्ट नमुना रहेको आयोजक कमिटिका खेलकुद संयोजक नविन वस्यालले वताउनुभयो ।  खेलमा चितवन, तनहु, नवलपरासी, पर्सा, मकवानपुर र रुपन्देही र माडीका चारवटा गाविसका सेलेक्टेड टिमहरुकोबीच प्रतिस्पर्धा हुने छ । करिब ४ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको खेलको विजेताले नगद ५१ हजारसहित शिल्ड मेडल प्रमाणपत्र पाउने आयोजकले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालमा गत २४ घण्टामा ७३६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ५ सय ३९

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ बदर गर्न माग गरेको छ । जसपा नेपालका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ ।