दुई नाबालक छोरालाई विष खुवाई महिलाले गरिन् आत्महत्या, सन्तान नभएको चिन्तामा एक दम्पतिले प्राण त्यागे

२७ फाल्गुन २०६९, आईतवार १९:११ मा प्रकाशित

काठमाडौं, २७ फागुन । काठमाडौं न्युरोडबाट फ्रान्सेली नागरिक प्रेकुटन रिचार्डको महंगो सामसुङ मोबाइल लुटी भाग्दै गरेको अवस्थामा सुरेश खड्का नामक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । रामेछाप खिम्ति–३ घर भई सोह्रखुट्टे बस्दै आएका २८ वर्षीय खड्कालाई महानगीय प्रहरी प्रभाग जनसेवाले पक्राउ गरेको हो । यस्तै काठमाडौं बलम्बु–१ स्थित बिनोद महर्जनले संचालन गरेको मोबाईल पसलको छतको जस्ता पाता निकाली भित्र प्रवेश गरेर अन्दाजी १ लाख रुपैयाँ बराबरको बिभित्र किसिमका २६ थान मोबाईल शनिबार राती चोरी भएको छ ।
उता भक्तपुर सुर्यबिनायक घर भई हाल नुवाकोटस्थित जिल्ला जिल्ला सिंचाई कार्यालयमा कार्यरत इन्जिनियर २५ वर्षीय रमेश कर्माचार्य नुवाकोट चारधरे–२ स्थित त्रिशुली खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएका छन् भने दाङ सतवरियाकी २५ वर्षिया सिताकुमारी चौधरीले आफ्ना ५ र ३ वर्षिय दुई छोराहरुलाई विष खुवाई आफूले पनि आत्महत्या गरेकी छिन् ।
यसैबीच महोत्तरी गौशालामा एक दम्पतीले शनिबार राति विष सेवन गरी आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमा गौशाला ३ का २३ वर्षीय विश्वेश्वर चौधरी र उनकी २१ वर्षीया श्रीमती रिंकु चौधरी रहेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । आइतबार निकै अबेरसम्म नउठेपछि गाउँलेलाई शंका लागेर हेर्न जाँदा कोठाको चुकुल बन्द भेटेका थिए । बोलाउँदा भित्रबाट कोही नबोलेपछि छिमेकीले प्रहरीलाई खबर गरेको थियो ।  प्रहरीले गाउँलेको रोहबरमा ढोका फोरेर हेर्दा दुवै मृत भेटिएका थिए । विहे गरेको तीनचार वर्ष बिति सक्दा पनि सन्तात नभएकोमा उनीहरु खिन्न रहँदैआएका र त्यही पीरले विष सेवन गरी आत्महत्या गरेका हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । सरकार र विप्लव समूहबीचको औपचारिक वार्ता आजदेखि सुरु भएको छ । आज बिहान दुवै समूहको पहिलो चरणको औपचारिक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहले आज बुधबार दिनभर बैठकैबैठक राखेका छन् । कसरी अघि बढ्दा प्रधानमन्त्री ओलीलाई

वर्षौँदेखि कालीगण्डकी नदीको अवैधरूपमा दोहन हुँदै आएको छ । देश सङ्घीयतामा गइसकेपछि गण्डकी प्रदेश सरकारले नदीजन्य पदार्थको उत्खनन तथा निकासी

टीकापुर । सन्तानको रहर पुगेकाहरुका लागि सञ्चालन गरिएको स्थायी बन्ध्याकरण शिविरमा दुई दिनमा ४६ जनाले सेवा लिएका छन् । पहिलो