एक दर्जन तिब्बती शरणार्थी पक्राउ

२७ फाल्गुन २०६९, आईतवार १८:४७ मा प्रकाशित

काठमाडौं, २७ फागुन । २० हजारभन्दा बढी तिब्बती शरणार्थी काठमाडौं लगायतका स्थानमा चीनविरोधि गतिविधिमा संलग्न रहेको र उनीह आत्मदाहका घटना घटाउन उद्यत् रहेको भनी चीन सरकारले लगाउँदै आएको आरोप र दबावमा परेर आइतबारल प्रहरीले एक दर्जन तिब्बती शरणार्थीलाई नियन्त्रणमा  गर्न लागेको आरोप लगाएर प्रहरीले एक दर्जन तिब्बती शरणार्थीहरुलाई नियन्त्रणमा लिएको छ । तिब्बतमा चीनले शासन सुरु गरेको ५४ औं वर्ष भएको अवसरमा शरणार्थीले आन्दोलित हुन सक्ने भन्दै चिनीयाँ दूतावासमार्फत् सरकारलाई सुरक्षामा कडाई गर्न दबाव पर्दै आएको समाचार यसअघि नै सार्वजनिक भएका थिए ।  यसैका आधारमा प्रहरीले केही दिनअघिदेखि नै बौद्ध क्षेत्रमा गस्ती बढाएको थियो ।
केही महिना अघि एकजना बौद्ध भिक्षुले स्वतन्त्र तिब्बतको माग गर्दै बौद्धमा आत्मदाह गरेपछि चीन यस मामलामा थप गम्भीर बनेको थियो भने भिक्षुको आत्मदाह लगत्तै त्यस बारेमा नेपाल सरकारको धारणा माग्दै तत्कालीन चिनियाँ राजदूत योङ हउलानले नेपाल सरकारलाई डिप्लोम्याटिक नोट समेत पठाएका थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता झलनाथ खनाललाई टेलिफोन गरेर स्वास्थ्य लाभको कामना गरेका

काठमाडौँ । कर तिर्न सरकारले असार २५ गतेसम्म आग्रह गरेको छ । आन्तरिक राजस्व विभागले बुधबार (आज) एक सूचना जारी

काठमाडौं । गत २४ घण्टामा नेपालमा कोभिड १९ बाट थप २८२८ जना संक्रमित भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

सर्लाही । विषाक्त घरेलु मदिरा सेवनबाट सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियामा आठ जनाको मृत्यु भएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने