नेपाली सेनाले भव्यताका साथ मनायो सेना दिवस

२७ फाल्गुन २०६९, आईतवार १८:३५ मा प्रकाशित

काठमाडौं, २७ फागुन । नेपाली सेनाले महाशिवरात्री तथा सेना दिवसका अवसरमा आइतबार विशेष कार्यक्रम गरी भव्यताका साथ सैनिकमञ्च टुँडिखेलमा सेना दिवस मनाएको छ । समारोहमा राष्ट्रपति डा. रामवरण यादवले सैनिक परेडको अवलोकन गरे भने सेनाले राष्ट्रपतिको सम्मानमा सलामी अर्पण गरेको थियो । राष्ट्रपति यादवले वीर स्मारकमा माल्यार्पण गर्नुका साथै सेनाद्वारा प्रस्तुत गरिएको परेडको अवलोकन गरेका थिए । सेनाले १९ तोपको शिवरात्री बडाई गर्नुका साथै सैनिक कवाज, मार्चपास, कला, व्याण्ड डिस्प्ले तथा हवाई कला प्रदर्शनी प्रस्तुत गरेको थियो । कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा, प्रधानमन्त्री बाबुराम भट्टराई, प्रधानन्यायाधीश खिलराज रेग्मी, सरकारका मन्त्रीहरु, कुटनीतिक नियोगका उच्चपदस्थ अधिकारीलगायतको उपस्थिति रहेको थियो । सो अवसरमा विभिन्न गणका प्रतिनिधिहरुले ५ हजार फिट उचाईबाट प्यराग्लाईडिङ्ग गर्नुका साथै सेनाका गाडी तथा युद्धका बेला प्रयोग गरिने उपकरण प्रदर्शन गरेका थिए ।
सोही अवसरमा राष्ट्रपति यादवले नेपाली सेना, सैनिक जनसम्पर्क निर्देशनालयद्वारा प्रकाशित ‘सिपाही’ नामक वार्षिक पत्रिकाको पनि विमोचन गर्नुका साथै फ्रि फल र पाहुना खेलमा विजयी हुने सबैलाई समारोहमा पुरस्कार प्रदान गरे । स्थापनाको ५० वर्ष पूरा गरेका श्रीनाथ गण, कालीबक्स गण, बर्दबहादुर गण, सबुज गण र पुरानो गोरखनाथ गणका गणपतिलाई कदरपत्र प्रदान गरिएको थियो ।
समारोहमा प्रधानसेनापति गौरव शम्सेर जवराले सेना दिवसमा उपलक्ष्यमा पेसागत प्रतियोगितामा प्रथम हुने इन्द्रध्वज गणलाई प्रधानसेनापति व्यानर प्रदान गर्नुभएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जाजरकोट । भिरबाट लडेर घाइते हुनुभएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा गए राति निधन

नयाँ दिल्ली । भारतमा डेल्टा भाइरसको नयाँ म्युटेन्टका कारण कोरोना महामारीको तेस्रो लहर आउन सक्ने चेतावनी दिइएको छ । भारतको

काठमाडौं । प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको संवैधानिक इजलासमा आजदेखि निरन्तर सुनुवाइ हुने भएको छ। सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

आजको प्रमुख समाचार