यस्तो छ नवनिर्वाचित प्रेस चौतारी केन्द्रिय समितिको पूर्ण स्वरुप

२७ फाल्गुन २०६९, आईतवार १०:१८ मा प्रकाशित

काठमाडौं, २६ फागुन । एमालेनिकट सञ्चारकर्मीहरुको संगठन प्रेस चौतारीको अध्यक्षमा राजेन्द्र अर्याल बिजयी भएका छन् । अर्यालले कूल मतदाता संख्या ४ सय ७७ मा ३ सय ४४ मत प्राप्त गरेका र उनका प्रतिद्वन्द्वी विष्णु रिजाललाई जम्मा १ सय ३२ मत मात्र हासिल भएको छ । प्राप्त समाचारअनुसार ५९ सदस्यीय केन्द्रिय समितिमा २२ जना निर्विरोध निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा दुर्गाप्रसाद शर्मा बिजयी बनेका छन् ।
यस्तै महिला उपाध्यक्षमा शान्ति गुरुङ, पूर्वाञ्चल उपाध्यक्षमा कुशलबाबु बस्नेत, मध्यमाञ्चल उपाध्यक्षमा उपेन्द्र केसी, पश्चिमाञ्चल उपाध्यक्षमा मुकेश पोखरेल, मध्यपश्चिमाञ्चल उपाध्यक्षमा सुरेन्द्र काफ्ले, सुदुरपश्चिमाञ्चल उपाध्यक्ष रोजेन्द्र विष्ट छानिएका छन् भने महासचिवमा माधव नेपाल २ सय ६२ मत ल्याएर बिजयी भएका छन् ।
पाँचजना सचिवमा गणेश पाण्डे, टिका बिष्ट, राजेश राई, नरेन्द्र साउद र रामकुमार एलनले विजय प्राप्त गरेका छन् । कोषध्यक्षमा विश्वमणि सुवेदी छानिएका छन् भने अञ्चल इन्चार्जहरुमा मेचीबाट रमेश पोखरेल, कोशीबाट लिलाराज भट्टराई, सगरमाथाबाट सइन्द्र राई, जनकपुरबाट इश्वरी काफ्ले, बागमतीबाट केशव अधिकारी, नारायणीबाट विपिन गौतम, गण्डकीबाट हरि बास्तोला, लुम्बिनीबाट भरत केसी, धौलागिरीबाट गणेश पौडेल, राप्तीबाट सविन प्रियाशन, भेरीबाट बीरबहादुर गिरी, सेतीबाट बिनोद थापा र महाकालीबाट नबराज भण्डारी घनोटमा परेका छन् । यस्तै उपत्यका इञ्चार्जमा शुरोजंग पाण्डे र अमृतनाथ तिमिल्सिना पनि निर्विरोध छानिएका छन् ।
यस्तै पूर्वाञ्चल महिला सदस्यमा इन्दिरा भट्टराई, मध्यमाञ्चल महिला सदस्यमा विमला पाण्डे, पश्चिमाञ्चल महिला सदस्यमा गगनशिला खड्का, मध्यपश्चिमाञ्चल महिला सदस्यमा देविका घर्ती मगर, सुदुरपश्चिमाञ्चल महिला सदस्यमा हेमन्ती चौधरी, मधेसी कोटाबाट बोचु गौड र भरत यादव छानिएका छन् । आदिवासी जनजातीबाट हिरामान लामा र भरत इन्गनाम, दलितबाट अमर सुनार, मुस्लिमबाट लालबाबु सेढ, पिछडिएको क्षेत्रबाट धर्मराज पाध्या, अल्पसंख्यकबाट टेकराज थामी छनोटमा परेका छन् ।
खुलाबाट ११ सदस्यहरुमा सुस्मा पौडेल, भगवान भण्डारी, नेपोलियन चेपाङ, सरिता सुवेदी, इन्द्र आचार्य, निलिथा सुब्बा, गिता अधिकारी, विकास बञ्जाडे, किशोर बुढाथोकी, जीवन बिसी र सुरेशमान डाँगी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत