राजधानीमा बढ्दैछन् लुटपाटका घटना

२७ फाल्गुन २०६९, आईतवार ०८:५१ मा प्रकाशित

काठमाडौं, २७ फागुन । तनहुँ वसन्तपुरकी ३५ वर्षिया कमला थापा कलंकीमा लुटिएकी छिन् । कलंकीस्थित बहिनी–ज्वाइँको घरमा जान भनी गएकी हुनी सम्पर्कमा नआएपछि परिवार तथा आफन्तजनले सोधखोज सुरु गरेका थिए । खोजीका क्रममा २ दिनपछि उनी कलंकीस्थित खसीबजार पुलनजिक अद्र्धचेत अवस्थामा प्रहरीले फेलापारेको थियो । सोधपुछका क्रममा उनले अपरिचित एक पुरुष र महिलाको जोडीले आफूसँग चिनापर्ची गरेर फ्रुटी खान दिएको त्यसपछि आफूलाई केही थाहा नभएको बताएकी प्रहरीले जनाएको छ । यसरी फ्रुटीमा नशालु पदार्थ मिलाएर खुवाई बेहोस बनाएर निजसँग भएको नगद २ हजार ७ सय र सुनका बिभित्र गरगहना गरी अन्दाजी १ लाख २२ हजार ७ सय रुपैयाँ बराबरको धनमाल लुटी लुटेराहरु फरार भएको बुझिएको छ ।
यसैगरी काठमाडौं बनस्थली घर भएकी २९ वर्षीया सानु पाठक थापाथलीबाट माइतीघरतर्फ जाने क्रममा मोटरसाइकलमा सवार दुईजनाले उनले लगाएको १ तोलाको सुनको सिक्री लुटेका छन् भने बौद्ध महाकालस्थित सडकमा नम्बर नखुलेको कालो पल्सर मोटरसाइकलमा आएका दुईजनाले बौद्ध फुलबारी बस्ने २६ वर्षीया जयाङ लामाले घाँटीमा लगाएको अन्दाजी १.५ तोलाको सुनको सिक्री लुटी फरार भएका छन् ।
यसरी पैदल यात्रुहरु लुटिने घटनामा बढोत्तरी भए पनि प्रहरीले अपराधी फेला पारेर कारबाही गरेका घटना भने बिरलै मात्र सुन्न पाइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गर्नु भएको छ । सरकारले केही राम्रो काम गर्न

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका परीक्षासम्बन्धी सबै कार्यक्रम अगाडि बढाउने भएको छ । स्थगित भएका स्नातक तहका

काठमाडौं । सरकारले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै ५० प्रतिशत नबढ्ने गरी यात्रु राखेर आन्तरिक हवाइ उडान गर्ने निर्णय गरेको छ

काठमाडौँ । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई बदर गरिदिएको छ । मंगलबार (आज) प्रधानन्यायाधीश

आजको प्रमुख समाचार