तिब्बती शरणार्थीको मुक्ति दिवस र चीनमा सत्ता हस्तान्तरण एकै दिन

२७ फाल्गुन २०६९, आईतवार ०८:२१ मा प्रकाशित

काठमाडौं, २७ फागुन । छिमेकी देश चीनमा आज नयाँ राष्ट्रपतिलाई सत्ता हस्तान्तरणको कार्यक्रम छ । मार्च १०, अर्थात् नयाँ राष्ट्रपति तथा सैन्यप्रमुखको पूर्व निर्धारित घोषणा समारोह आयोजना भएकोले चिनीयाँ जनताका लागि आजको दिन महत्वपूर्ण छ । संयोग कस्तो परेको छ भने वर्षौंदेखि स्वतन्त्रताको शान्तिपूर्ण लडाईं लड्दै आएका तिब्बती धर्म गुरु दलाई लामाको निर्वासित सरकारले पनि १० मार्चलाई मुक्ति दिवसका रुपमा मनाउँदै आएको छ । विश्वभर छरिएर रहेका तिब्बती शरणार्थीले मनाउने मुक्ति दिवस र चीनमा नयाँ नेतालाई सत्ता हस्तान्तर गर्ने तारिख एकैदिन परेपछि चिनियाँ दूतावासको आग्रहमा सरकारले तिब्बती शरणार्थीको बसोवास भएका स्थानहरुमा सुरक्षामा विशेष कडाई गरेको बुझिएको छ ।
सन् १९५९ मार्च १० मा तिब्वतको पोतला दरबारबाट विद्रोह गरी दलाई लामा राजनीतिक शरण लिन भारत पुगेका थिए । सोही दिनलाई तिब्बतीहरुले मुक्ति दिवसका रुपमा मनाउँदै आएका छन् । चीनमा सत्ता हस्तान्तरणको दिन परेकोले यस वर्षको मुक्ति दिवस थप सशक्त रुपमा मनाउने निर्णय तिब्बती शरणार्थीको निर्वासित सरकारले गरेको बताइन्छ । कतिपयले त १० मार्चका दिन काठमाडौंमा शरणार्थीहरुले आत्मदाहको तयारी गरेको चर्चासमेत चलाएका छन् । यही सूचनाका कारण चीनले नेपाल सरकारलाई शरणार्थी शिविरलगायतका स्थानमा विशेष कडाई गर्न दबाव दिएको स्रोत बताउँदछ । स्मरण रहोस्, भारतमा निर्वासित जीवन बिताइरहेका धर्म गुरु दलाई लामाको कदमलाई स्वागत गर्दै हालसम्म सयभन्दा बढी तिब्बतीले आत्मदाहको प्रयास गरेका छन् भने सो क्रममा सात दर्जन शरणार्थीको मृत्यु भइसकेको छ । फागुनको पहिलो साता काठमाडौंमा पनि डोमन डुक्चे नामक एक शरणार्थीले आत्मदाह गरेका थिए । सो घटनालाई चीनियाँ सरकारले अत्यन्त गम्भीरताका साथ लिएको बताइन्छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४