असहायका लागि उपचारको अलग व्यवस्था

२७ फाल्गुन २०६९, आईतवार ०८:०४ मा प्रकाशित

काठमाडौं, २७ फागुन । वृद्धवृद्धा एवं अपांगले सहज उपचार दिलाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आठवटा अस्पतालमा ‘ज्येष्ठ नागरिक एवं अपांगता विशेषज्ञ ओपिडी’ स्थापना गर्न लागेको जनाएको छ । सरकारी अस्पतालहरूले प्रदान गर्ने सेवा वृद्धवृद्धा एवं अपांग व्यक्तिका लागि प्रभावकारी नदेखिएपछि मन्त्रालयले सामाजिक सेवा कार्यक्रमअन्तर्गत यस्तो अवधारणा ल्याएको बताइएको छ । आठवटा अस्पतालमा वृद्धवृद्धा र अपांगता भएका व्यक्तिलाई छुट्टै विशेषज्ञ ओपिडी सेवा उपलब्ध गराउने यस योजनासम्बन्धी निर्देशिका तयार भइसकेको छ भने केही महिनाभित्रै तोकिएका अस्पतालमा यस्ता युनिट स्थापना हुने मन्त्रालयको कथन छ ।
बताइएअनुसार पहिलो चरणमा केन्द्रीय र क्षेत्रीय अस्पतालबाट यस्तो सेवा दिने तयारी गरिएको छ । केन्द्रको वीर, प्रसूतिगृह र कान्ति बाल अस्पतालमा यस्तो युनिट स्थापना गरिनेछ । काठमाडौंबाहिर कोसी अञ्चल अस्पताल, भरतपुर, पोखरा, बाँके र धनगढी अस्पतालमा यस्तो ओपिडी सेवा सञ्चालन हुनेछ । कान्ति बाल अस्पतालको ओपिडी अपांगता भएका बालबालिकाका लागि हुनेछ भने यस्तो सेवा विपन्न समुदायका लागि यस्तो सेवा निःशुल्क हुनेछ । त्यस्ता नागरिकलाई अस्पतालबाहेकका उपचारका लागि बिरामीको अवस्था हेरेर १० हजारसम्म आर्थिक सहयोगसमेत दिइने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत

लुम्बिनी । गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान पाँचदलीय गठबन्धन कुनै दल र नेताकाविरुद्ध नभई संविधानको कार्यान्वयन, लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र