कसरी मनाउने शिवरात्रीलाई ?

२७ फाल्गुन २०६९, आईतवार ०७:३४ मा प्रकाशित

काठमाडौं, २७ फागुन । आज महाशिवरात्री पर्व, समस्त हिन्दुधर्मका अनुयायीहरुद्वारा यो पर्व धुमधामले मनाईंदै छ । प्रत्येक वर्ष फागुण शुक्ल चतुर्दशीका दिनलाई शैवरात्रिको नाम दिइएको छ भने हाम्रो संस्कृतिमा कालरात्रि, सुखरात्रि, मोहरात्रि र शिवरात्रि प्रख्यात छन् । शिवरात्रिकै दिन भगवान् शिवको पार्वतीसँग विवाह भएको मान्यता छ । यो दिन भगवान् शिवलाई आराधना गर्ने सबैभन्दा उपयुक्त दिनका रूपमा धर्मग्रन्थहरूमा व्याख्या भएको पाइन्छ । इशान संहितामा यो दिन भगवान् शिवको आराधना गरी व्रत उपासना गरेमा मनुष्य जीवनबाट मुक्ति पाउने उल्लेख छ ।
अर्को एक पौराणिाक धर्मग्रन्थमा निषादराज सुन्दर सेनकनले अन्जानमै यो दिन व्रत बस्न पुग्दा मृत्युपर्यन्त उनी शिवलोकमा पुगी भगवान् शिवको सेवक बन्न पुगेको उल्लेख छ । स्कन्द पुराणमा पनि  शिवरात्रि को महत्त्व झल्काउने क्रममा चण्ड नामका एकजना दुष्ट र उनकी पत्नीले अन्जानमा यो दिन व्रत लिन पुग्दा भगवान् शिव प्रसन्न हुन पुगी उनीहरूले शिवलोकमा बास पाएको उल्लेख छ । स्कन्द पुराणमा उल्लेख भएअनुसार जो मनुष्यले यो दिन भगवान् शिवको आराधना गरी व्रत बस्दछ उसले जीवनमा दोस्रोपटक मनुष्य भई जन्म लिंदा आमाको दूध पिउनु पर्दैन ।
महाशिवरात्रीको यस पौराणिाक मान्यतासँगसँगै अर्को पाटो पनि गाँसिएर आउँछ । जब शिवरात्रीको समय आइपुग्छ त्यससँगै गाँजा, भाँग, धतुरोका साथ अन्य लागू पदार्थ सेवनका लागि समय आइपुगेको वा शिवरात्री भनेकै गाँजा, भाँग, धतुरो चिलिममा राखेर सल्काइ लामोलामो सर्को तान्दै जय शम्भो, जय भोले भन्दै सेवन गर्ने पर्वको रुपमा ब्याख्या गरिएको छ । वास्तवमा शिवरात्रीका दिन आफूले धारण गरेको गलत संस्कार र बानीलाई परमात्मा शिवका नाममा त्याग्ने, यदि गाँजा, भाँग, धतुरो, चुरोट, बिडी, खैनी, सुपारी, जाँड, रक्सी, लगायत विभिन्न प्रकारका सेवन गर्न नालायक वस्तु सेवन गरी कोही ज्यादै पीडित भएको भए त्यसैदिन देखि शिव परमात्मालाई दिने वा त्याग्ने अठोट गर्नुपर्छ । तर, यो सत्वचन र सत्कार्यलाई तोडमोड गरी शिवरात्रीको दिनलाई गाँजा, भाँग, धतुरो खाने विशेष दिनको रुपमा प्रचारप्रसार गरेर समाजलाई धमिल्याउने गरिएको पाइन्छ ।
ब्रम्हकुमारी राजयोग सेवाकेन्द्र र उपसेवाकेन्द्रहरुले सभ्य र भव्य रुपमा प्रभुपरमात्मा शिवको याद गर्दै सुख, शान्ति र समृद्धिको कामनासहित बिवरात्री मनाउन लागिरहेको छ भने युगौंयुग अघिदेखि आ–आफ्नै ढङ्गले पर्व मनाउनेहरुले “धुवाँ उडाउने” पर्वकै रुपमा यसलाई मनाउन लागेको देखिनुचाहिँ बिडम्वनायुक्त छ । जुन प्रक्रियाले समाजलाई विल्कुलै फाइदा गर्दैन । पुरानो संस्कार र संस्कृति धान्ने भन्दै छिमेकी मुलुक भारतबाट करिब १२ हजार साधुहरु नेपालको पशुपतिनाथ मन्दिर वरिपरि भेला भएका छन् र गाँजा, भाँग, धतुरोको धुवाँ उडाउन शुरु गरिसकेका छन् । धर्म र संस्कृतिको नाममा यदि हामीले यो “धुवाँ पर्व”लाई तिरस्कार गर्न सकेनौं भने विश्व मानव समुदायले सम्पूर्ण रुपले तिरस्कार गरिसकेको र मानव मष्तिस्कलाई लठ्याउने नशालु पदार्थको रुपमा ब्याख्या गर्दै हामी नेपालीले महान शिवरात्री पर्वलाई “धुवाँ पर्व” को रुपमा मनाउने संस्कृतिलाई मान्यता दिइराख्यौं भने भोलिको नेपाली समाज धुवाँको नशामा नै लट्ठिइ रहने छ । एकातिर विश्व मानवले हामी नेपालीलाई गाँजा, भाँग, धतुरो सेवनकर्ताको रुपमा हेप्ने छन् भने त्यो हेपाइको प्रतिकार गर्न सक्ने क्षमता पनि हामी नेपालीमा रहने छैन । त्यसकारण महान शिवरात्री नेपालमा मनाउनु पर्छ, प्रत्येक वर्ष मनाउनु पर्छ तर धुवाँ पर्वको रुपमा नभइ साक्षात् प्रभु परमात्मा शिवको ज्ञान धारण गर्ने अवसर र चाडको रुपमा मनाउनु पर्छ । काम, क्रोध, लोभ, मोह र अहंकार जस्ता मानव सुखका दुश्मन तत्व विनाशक ज्ञान प्राप्त गर्ने समय र अवसरको रुपमा मनाउनु पर्छ । यसैमा सबै नेपालीको कल्याण छ, सबै मानव समुदायको कल्याण छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । आठ वर्षअघि सुन्दरी प्रतियोगिताकी एक प्रतिस्पर्धीले आफूमाथि आयोजकले बलात्कार र यौन शोषण गरेको घटना सार्वजनिक गरेसँगै काठमाडौंको माइतीघरमा

हेटौंडा । स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत हेटौंडा उपमहानगरपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । उपमहानगरपालिकाको मेयर पदमा नेकपा

काठमाडौं । प्रदेश सांसदबाट राजीनामा दिएर तीन जना नेता स्थानीय तह निर्वाचनमा लडे । करोडौं बजेट परिचालन गर्न पाइने र

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयर र उपमेयरमा सुशीला शाही र जुना चौधरी निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट शाही