आगलागीबाट राजविराजमा सिंगो दलित वस्ती सखाप

२६ फाल्गुन २०६९, शनिबार २१:४१ मा प्रकाशित

काठमाडौं, २६ फागुन । चैत महिनाको आगमन नजिकीएसँगै तराईका बस्तीहरुमा हावाहुरी र आगलागीका घटनाले धनजनको क्षति पुर्याउने घटना घट्न थालेको छ । यस क्रममा सप्तरीको रायपुर गाविसमा शनिबार भिषण आगलागी भएको छ । करिब डेढ सय घर रहेको दलित मुसहर बस्तीमा भएको आगलागीबाट ८० घर जलेर नस्ट भएका छन् भने एक करोडबराबरको क्षति पुगेको बताइएको छ ।  स्थानीय धुथरी देवी सदाले खाना बनाउने क्रममा एक्कासी परालबाट आगो सल्किएको र गाउँका पुरुषहरु सबैजसो एक विवाहमा जन्ती बनेर अर्को गाउँ गएकाले तत्काल नियन्त्रणमा लिने प्रयास सफल नभएको बुझिएको छ ।
घटनाको निकैबेरपछि राजविराजबाट गएको दुई वटा बारुण यन्त्र तथा लहान नगरपालिकाको वारुण यन्त्रको सहयोगमा दुई घण्टामा आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलोपटक अन्न भोजन गराउने यो परम्परा नेपालमा

पछिल्ला दिनमा कोरोना भाइरस सङ्क्रमणको ग्राफ उकालो लागेको छ । भारतमा सङ्क्रमण बढ्नु तथा नेपालमा नै सङ्क्रमण छैन जस्तो गरी

संयुक्त राज्य अमेरिकाको औपचारिक भ्रमणमा रहनुभएका प्रधानसेनापति प्रभुराम शर्मा तथा भ्रमणदलका सदस्यहरुले शुक्रबार संयुक्त राष्ट्रसङ्घ मुख्यालयको भ्रमण गर्नुभएको छ ।

काठमाडौँ । न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत