गाविस सचिव र गैरसरकारी संस्था ‘ड्यास’ माओवादीको निशानामा

२६ फाल्गुन २०६९, शनिबार २१:३९ मा प्रकाशित

काठमाडौं, २६ फागुन । मुलुकका सुदुर गाउँ तथा दुर्गम स्थानहरुमा माओवादी पार्टीले द्वन्द्वकाल सम्झाउने प्रकृतिका क्रियाकलाप सुरु गरेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका कार्यकर्ताहरुले युद्धकालीन शैलीमा गाविस सचिवहरुलाई धम्क्याउन थालेको समाचार प्राप्त भएको छ ।
बताइएअनुसार माओवादी सुर्खेत जिल्ला कमिटीले सो जिल्लाका गाउँ विकास समितिका सचिवहरुलाई चैत मसान्तसम्म गाउँ फर्किन अल्टिमेटम दिँदै तोकिएको समयमा गाउँ नफर्किए ‘अलग’ किसिमको कारबाही गर्ने चेतावनी दिएको छ। सो पार्टीअन्तर्गतको संयुक्त जनसंघर्ष समितिले उक्त समयभित्र गाउँ नफर्किए संघर्ष र कारबाही गर्ने चेतावनी दिएको हो ।
कथित जनसंघर्ष समितिका संयोजक धनबहादुर विकले सशस्त्र द्वन्द्वका क्रममा विस्थापित गाविस कार्यालयहरु हालसम्म पनि सदरमुकाममै रहँदा जनतालाई मर्का परेकाले अल्टिमेटम दिइएको सञ्चारमाध्यमलाई बताएका छन् । गाउँका जनतालाई ससाना काममा पनि निकै सास्ती भोग्नुपरेकाले सदरमुकाममा रहेका कार्यालयहरु तत्काल बन्द गरी गाउँ फर्किन आग्रह गरिएको उनको भनाई छ । पार्टीको आग्रह नमाने सचिवविरुद्ध संघर्ष गर्ने उनले जनाएका छन् । द्वन्द्वकालमा माओवादीले आक्रमणको निशाना बनाएपछि गाविससचिवहरु गाउँबाट विस्थापित भई सदरमुकाममा केन्द्रित भएका थिए ।
सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमार्फत एनजिओरआइएनजिओहरुमाथि पनि कारबाही गरिने जानकारी दिइएको बताइएको छ । आइएनजिओमार्फत् विदेशी पूँजी नेपाली स्वाधीनताविरुद्ध प्रयोग भएकाले यस्तो गर्नुपरेको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा पार्टी विवादबारे सर्वोच्चबाट आएको फैसला अपेक्षा गरेभन्दा फरक

काठमाडौं । कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक

काठमाडौं । नेकपा संसदीय दलको नेताबाट केपी ओलीलाई हटाएर पुष्पकमल दाहाललाई चयन गरिएको पत्र संसद सचिवालयले दर्ता गर्न अस्वीकार गरेको

काठमाडौँ । सर्वोच्च अदालतले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी(नेकपा) राख्ने निर्वाचन