
चन्द्रकान्त खनाल/ रुपन्देही, २६ फागुन । अर्थविद् डा. चिरञ्जीवि नेपालले शिक्षालाई आर्थिक क्षेत्रको विकाससँग जोडेर लैजानु पर्ने बताएका छन् । सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलको २१ औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा बोल्दै अर्थविद् नेपालले सामुदायिक क्याम्पसहरुले प्राविधिक शिक्षालाई महत्व दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा रुपन्देहीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले क्याम्पसलाई जिल्ला शिक्षा कायालयले सहयोग गर्ने विश्वास प्रकट गरे भने विभिन्न संघसंस्थाका प्रमुखहरुले शुभकामना दिएका थिए । २०४८ सालमा स्थापना भएको क्याम्पसमा शिक्षा मानबिकी तथा ब्यवस्थापनमा स्नाकोत्तर तहसम्म करिव ४ हजार विद्यार्थी अध्ययनरत छन् ।
औषधी ब्यबसायीको शाखामा सुनिल
यसैबीच औषधी ब्याबसायी संघ लुम्बिनी अञ्चल शाखाको आठौ अधिबेशनले अध्यक्षमा सुनिल श्रेष्ठलाई निर्बिरोध चयन गरेको छ । उपाध्यक्षमा शिब ज्ञवाली र जहबरलाल न्यौपाने, महासचिबमा सुरज भट्टराई, सहसचिबमा प्रकाश ज्ञवाली, कोषाध्यक्षमा लुकराज न्यौपाने र उपकोषाध्यक्षमा विज्ञानध्वज श्रेष्ठ छानिएका छन् ।सदस्यमा फर्सुराम पान्डे, थानेश्वर ज्ञवाली, माया भट्टराई, पुरुषोत्तम भट्टराई, राजु पुन, कृष्ण भट्टराई चयन भएका छन ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आव्हान गरेकी छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकको सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले फागुन
योङ स्टार क्लबद्वारा सञ्चालित सामुदायिक रेडियो सोलु एफएमका कार्यालयमा आगलागी भएको छ । आज विहान लागेको आगलागी नियन्त्रणमा आइसकेको रेडियो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पोखरामा गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुने भएको छ । पार्टीको प्रदेश कमिटीले
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वास प्रस्तावबाट आफूलाई हटाएर देखाउन चुनौती दिएका छन् । उनले प्रतिनिधि सभा विघटन गर्ने