भारतीय नेताले खोले प्रचण्डको पोल

२६ फाल्गुन २०६९, शनिबार १६:१६ मा प्रकाशित

काठमाडौं, २६ फागुन । भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय जोलीले नेपालमा राजनीतिक दल वा प्रशासक कसको नेतृत्वमा सरकार गठन गर्ने भन्ने कुरा नेपालकै राजनीतिक दलहरुले निर्णय गर्ने विषय भएकोले भारतले त्यसमा चासो नराख्ने जनाएका छन् । नेपाली राजनीतिप्रति भारतीय चासो रहँदै आएको र नजिकको छिमेकी हुनाले रहिरहने उल्लेख गर्दै जोलीले चासो रहनुको मतलव हस्तेक्षपकारी भूमिका निर्वाह गर्नु नरहेको प्रस्ट्याए । जोलीलगायतका केही प्रभावशाली भारतीय नेताहरु यतिबेला नेपाल भ्रमणमा छन् भने नेताहरु शनिबार राजधानीमा आयोजित साक्षात्कारमा उपस्थित भएका थिए । भारतीय नेताहरुले नेपालमा विगत पाँच वर्षमा दलहरुवीच सहमति हुन नसकेको र संविधान आउन नसकेकोमा दुःख व्यक्त गर्दै राजनीतिक सहमतिका साथ यहाँ आफूहरुले फेरि संविधानसभाको निर्वाचन भएको हेर्न चाहेको बताए ।
जोलीले भने– ‘नेपालको आन्तरिक मामिलामा हाम्रो हस्तक्षेप हुँदैन । एउटा असल छिमेकी भएको नाताले हाम्रो सहयोग रहँदै आएको छ । हाम्रो चाहना नेपालमा निर्वाचन भएर स्थायित्व कायम होस र सम्पन्न नेपाल निर्माण होस भन्ने हो ।’
नेपालमा शान्ति र स्थायीत्व भए भारतमा पनि त्यसको प्रभाव पर्ने भएकोले भारत सधै नेपालमा शान्ति र स्थायीत्वको पक्षमा उभिएको बताउँदै जोलीले नेपालका राजनीतिक दलहरुले विगत पाँच वर्षदेखि सहमति कायम गर्न नसकेकोमा दुख ब्यक्त गरे । उनले भने– ‘अब नेपालमा सहमतिको वातावरण बनेको छ । यसलाई पूर्णता दिएर दलहरु अघि बढ्नु पर्छ ।’
जोलीले शनिबार बिहान एमाओवादीका अध्यक्ष प्रचण्डसँग आफूलगायतका भारतीय नेताहरुले भेट गरेको खुलासा गर्दै भेटमा नेपाल भूमिबाट भारतविरोधी गतिविधी हुन नहुनेमा जोड दिएको र प्रचण्डले त्यसमा प्रतिवद्धता जनाएको बताए । प्रधानमन्त्री हुँदा आफूले चीनबाट विदेश यात्र सुरु गरेकोमा अब भारतबाट यात्रा सुरु गर्ने अभिव्यक्ति प्रचण्डले दिएको पनि जोलीले खुलासा गरे । ‘मलाई चीनबाट पनि धेरै निम्तो आएको छ तर अब पहिला म भारत नै जान्छु भनेर प्रचण्डले भनेका छन्’, जोलीले बताए ।
कार्यक्रममा जनता दल यूनाईटेडका महासचिव केसी त्यागीले नेपालमा छिटो निर्वाचन गर्न नेपाली जनताले दलहरुलाई दवाव दिनु पर्ने आवश्यकता औल्याउँदै नेपालमा दलहरुवीच छिटो सहमति भएर निर्वाचन हुने विश्वास ब्यक्त गरे भने काग्रेस आईका सांसद प्रकाश चौधरीले नेपाल भारतवीचको परम्परागत सम्बन्धलाई अझै प्रगाढ बनाउने उद्देश्यले आफूहरु नेपाल आएको उल्लेख गरे ।
भारतीय जनता पार्टीका यूवा नेतृ ध्वनी शर्मा, दिल्ली महानगर पालिका की पूर्व मेयर एवम भाजपा नेतृ अर्थि मेहरा, पञ्जाव विश्व विद्यालयका सचिव प्रोफेसर सुरेन्द्र पाल सिह आलुवालीया र कलाकार राकेश जैशवालले पनि आ–आफ्ना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फेरि खोप कार्यक्रम सुरु गर्ने भएको छ । केही दिनअघि खोप अभाव भएको भन्दै स्थगित

नेपाल पत्रकार महासङ्घ बेलायत शाखामा नयाँ नेतृत्व चयन भएको छ । आइतबार सम्पन्न निर्वाचनमा पत्रकार ध्रुवराज अर्याल अध्यक्ष पदमा निर्वाचित

काठमाडौं । निर्माण आयोजनाको म्याद छ महिनामात्र थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै नेपाल निर्माण व्यवसायी महासङ्घले गत वैशाख १६

धनुषा । आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको छ । बिहीबार प्रदेशसभामा प्रस्तुत सरकारको नीति तथा