बुटवलमा मार्शल आर्टसम्बन्धी प्राविधिक शिवीर

२६ फाल्गुन २०६९, शनिबार १०:३९ मा प्रकाशित

रुपन्देही, २६ फागुन । नेपाल कराँते महासंघको आयोजना र पश्चिमान्चल कराते संघको ब्यवस्थापनमा बुटवलमा मार्शल आर्टसम्बन्धी एकहप्ते प्राविधिक शिबिर अर्थात कराँते ब्ल्याक बेल्ट टेस्ट तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन भएको छ । प्राविधिक शिबिरमा पश्चिमान्चल क्षेत्रका १४ जिल्लाका १५० जना खेलाडी तथा प्रशिक्षक सहभागि रहेका छन् ।
मार्शल आर्ट कराँते बिधामा डिप्लोमा तहको सो प्राबिधिक शिबिर कार्यक्रममा हिमाली जिल्लाहरु मनाङ र मुस्ताङको भने यसपटक प्रतिनिधित्व नरहेको आयोजक समितिले जनाएको छ ।
पश्चिमाञ्चल क्षेत्रीय कराते महासंघ र पश्चिमाञ्चल क्षेत्रीय ब्ल्याक बेल्ट एसोशिएसनद्घारा संयुक्त रुपमा आयोजित सो ब्ल्याक बेल्ट टेस्ट तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रमले यसक्षेत्रको खेलकुदको बिकासमा महत्वपुर्ण भुमिका खेल्ने कराते महासंघका प्रमुख प्रशिक्षक महेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कराँतेको राष्ट्रिय प्रतियोगिता आगामी चैत १,२ र ३ गते लुम्बिनीमा हुने र सो बो तयारीका लागि यो कायक्रम आयोजना गरिएको नेपाल कराँते महासंघका पश्चिमाञ्चल अध्यक्ष भरतबहादुर केसीले बताउनु भयो ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

युरोकप फुटबलमा गएराति इंग्ल्याण्ड र क्रोएसिया विजयी भएका छन् । लण्डनस्थित वेम्बले रंगशालामा भएको खेलमा इंग्ल्याण्डले चेक रिपब्लीकलाई १–० ले

अष्ट्रिया र डेनमार्क युरोकप फुटबलको नक आउट चरणमा प्रवेश गरेका छन् । गएराती भएको खेलमा युक्रेनलाई १–० ले हराउँदै अष्ट्रिया

युरोकप २०२० को समूह ए अन्तर्गतको अन्तिम चरणको खेलमा इटलीले वेल्सलाई १-० गोल अन्तरले पराजित गरेको छ । वेल्सलाई पराजित

म्युनिख । युरोकप फुटबलमा गएराति जर्मनीले पोर्चुगललाई ४–२ ले हराएको छ । जर्मनीको म्युनिखमा भएको खेलमा पाहुना टोली पोर्चुगलका क्रिश्चियानो

आजको प्रमुख समाचार